वीरेन्द्रनगरमा प्लाष्टिक झोला निषेध

वीरेन्द्रनगरमा प्लाष्टिक झोला निषेध

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ।

९ माघ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा प्लाष्टिक झोला निषेध गरिने भएको छ । वीरेन्द्रनगर नगरपालिका अन्र्तगतको बजार क्षेत्रमा प्लाष्टिकद्वारा निर्मित झोला निषेध गरिने भएको हो । वीरेन्द्रनगर नगपालिकामा बढ्दो शहरीकरणका कारण प्लाष्टिक जन्य बस्तुहरुको प्रयोग बढ्दै गएपछि प्लाष्टिक झोला निषेध गरिने भएको छ ।
वीरेन्द्रनगर नगरपालिका–६ वडा समितिको फोहरमैला व्यवस्थापन कार्यविधि–२०७५ मा प्लाष्टिक झोला प्रयोग निषेध हुने बताइएको छ । वडा समिति, टोल बिकास संस्था तथा सहयोगी संस्थाहरुसँगको सहकार्य तथा जिम्मेवारीमा प्लाष्टिक झोला निषेधको कार्यक्रम बनाइएको छ । वडा नं। ६ को फोहरमैला व्यवस्थापन कार्यविधि अन्र्तगतको प्लाष्टिकका झोला निषेध कार्यक्रममा वडा समितिबाट प्रत्येक परिवालाई सशुल्क अनुदान सहयोगमा नमुना वैकल्पिक झोला वितरण गरिने भएको छ । साथै वडावासीलाई बजारमा सामान किन्न जाँदा घरैबाट झोला लिई जाने प्रतिवद्वता गराइने वीरेन्द्रनगर नगरपालिका–६ का वडा अध्यक्ष मोती कँडेलले जानकारी दिए ।
वडाले टोल बिकास संस्थाहरुलाई प्रतिवद्वता भेला गर्न आवश्यक सहयोग गर्ने समेत अध्यक्ष कँडेलले बताए । वडाले सफा स्वच्छ वडा निर्माणकालागि वडा स्तरीय फोहरमैला कार्यसुचि अन्र्तगत फोहरमैला संकलन, फोहर सेग्रिकेशन प्रणाली, फोहारबाट मल बनाउने कार्यक्रम, सन्ेश मुलक बोर्ड, इको क्लव गठन र परिचालन, कौसी खेति प्रर्वद्वन कार्यक्रम, सामुहिक सरसफाई अभियान र कन्टेनर राख्ने कार्यमा सहकार्य जस्ता वडा स्तरीय क्रियाकलापहरु समावेश गरिएको छ ।
फोहोरमैला व्यवस्थापन कार्यविधिमा वडा कार्यालयले फोहोरमैला व्यवस्थापन गरे वाफत सम्वन्धित व्यक्ति, संस्था वा निकायबाट सेवा शुल्क उठाउने भएको छ । फोहोरमैला व्यवस्थापनकालागि वडा कार्यालयले सेवा शुल्क ९न्युनतम० प्रति घरधुरी ५०, मर्मत तथा सेवा सम्भार ग्यारेज सर्भिस तर्फ ५० देखि १५००, क्लिनिक तथा औषधी व्यवसायी तर्फ ३०० देखि ३०००, दुग्द्य व्यवसायी–डेरी तर्फ १००, टेलर्स तर्फ १०० देखि ३००, सुनचाँदी व्यवसायी तर्फ ५०, भाँडा व्यवसायी तर्फ २००, होटल व्यवसायी तर्फ २०० देखि ३०००, काँचो कपडा तर्फ १००, रेडिमेट फेन्सी तथा जुक्ता चप्पल तर्फ १००, जुक्ता चप्पल तर्फ २००, उन व्यवसायी ५०, टेन्ट हाउस तर्फ ३००, प्लाष्टिकजन्य पसल तर्फ ५०, शेक्षिक संस्था तर्फ १००, सञ्चार सेवा तर्फ ५०, छपाई तथा प्रकाशन तर्फ १००, बित्तिय सेवा तर्फ १००, तरकारी तथा फलफुल व्यवसायी तर्फ ५०, हेयर सैलुन तथा सौन्दर्यकला व्युटी पार्लर व्यवसायी तर्फ १००, आर्ट व्यवसायी तर्फ, ५०, मदिरा व्यवसायी तर्फ ५०, मेटल वर्कसप तर्फ ५०, स्टील, काठ, फर्निचर, कार्पेट व्यवसायी तर्फ २०० न्युनतम सेवा शुल्क तोकिएको छ ।
यसैगरी मिल २००, किराना तथा पसल १००, हार्डवेयर शिसा तथा विद्युत सामाग्री पसल १०० ऐग्रोभेट पसल १००, कुखुरा, चल्ला तथा दाना विवरण व्यापारी २००, पान पसल ५०, फोटो स्टुडियो १००, फिल्म हल १०००, सि।डि पसल ५०, पुल हाउस ५०, चस्मा पसल ५०, ग्यास, डिलर १००, कुरियर ५०, ढुवानी सेवा ३००, जिमखाना ५०, गिफ्ट कर्नर १००, माटाका भाडा तथा पोष्टर बिभेता १००, कवाडी संकलन केन्द्र ५००, र अन्य तर्फ १०० रुपैया न्युनतम सरसफाई सेवा शुल्क तोकिएको छ । वडा कार्यालयले मासिक रुपमा यि शुल्कहरु उठाउने कार्यविधिमा उल्लेख गरिएको छ ।
कार्यविधि अन्र्तगत कौसी खेति प्रर्वद्वन कार्यक्रम तर्फ वडाका हरेक घरहरुमा कोसी खेति गरिने वडा अध्यक्ष मोति कँडेलले जानकारी दिए । जस अन्र्तगत रहेक घरमा कम्तिमा दश गोटा गमला राख्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । साथै घरधनि तथा व्यवसाय कर्ताले पसल तथा घरमा कुहिने तथा नकुहिने फरक फरक फोहोरहरुको व्वस्थापन आफै गर्नुपर्ने छ । कुहिने फोहोरलाई व्यवस्थापन गरि नागरिकले घरको कौसीमा फुल विरुवा तथा खेति गर्नुपर्ने छ । कौसी खेतिकालागि वडा समितिले तालिम सञ्चालन गर्ने कार्यविधिमा उल्लेख गरिएको छ । वडा समितिले प्रत्येक आर्थिक वर्षमा एक–एक पटक तालिम सञ्चालन गर्ने वडा अध्यक्ष कँडेलले जानकारी दिए ।

प्रतिक्रिया