आहा सुन्दर दैलेख

आहा सुन्दर दैलेख

तस्बिरः हिक्मतबहादुर नेपाली

दैलेख । कर्णाली प्रदेशमा पर्ने प्राकृतिक स्रोत साधनले भरिपूर्ण पहाडी जिल्ला दैलेख निकै सुन्दर छ । जाडो महिनाभर हुस्सुले ढाकिएको दैलेख केहि दिन अघिको वर्षा र हिमपात पछि छर्लङग खुलेको छ । सदरमुकाम र आसपासमा बस्ती तथा डाँडाकाँडा मनमोहक देखिएका छन् ।

सदरमुकामबाट खिचिएको तस्विरमा दैलेख निकै लोभलाग्दो देखिएको छ । यतिखेर सदरमुकाम पुग्ने जो कोहिलाई पक्कै लाग्नेछ, आहा कति सुन्दर दैलेख ।

दैलेखमा विभिन्न जात जातिको उद्गम स्थल, नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेख, र परिचित धार्मिकस्थल शिरिस्थानमा वर्षौंदेखि बलिरहेको ज्वाला लगायतका दर्जनौं पर्यटकीय महत्वका स्थल छन् । तीं पर्यटकीयस्थलको उचित प्रचार–प्रसार हुन सकेको छैन । तर यतिबेल दैलख पर्यटकको व्यग्र प्रतिक्षामा रहेको देखिन्छ ।

प्रतिक्रिया