नेशनल माइक्रोफाइनान्सको नयाँ शाखा दुल्लुमा

नेशनल माइक्रोफाइनान्सको नयाँ शाखा दुल्लुमा

पंख बहादुर शाही
दैलेख (दुल्लु) –
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दैलेखको दुल्लुमा नयाँ शाखा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन दुल्लु नगरपालिकाका उपप्रमुख विष्णु थापा लगाएतले उद्घाटन गरे । माइक्रोफाइनान्सले दुल्लुमा ४४ औ शाखाको सेवा विस्तार गरेको हो । नेपाल राष्ट्र बैंकबाट (घ) वर्गको मान्यता प्राप्त वित्तीय संस्था नेशनल माइक्रोफाइनान्सले नेपालका ३७ जिल्लामा आफ्ना ५० वटा शाखा विस्तार गरिसकेको छ । संस्थाले दुर्गम क्षेत्रका महिलाहरुको जीवन स्तर उकास्न महत्वपूर्ण भुमिका खेलेको छ ।
दुरदराजमा रहेका महिलाहरुलाई भेला गराई महिला समुह बनाउँदै आफ्नो शाखा भएको ठाउँमा सेवा तथा सुविधा बढाउँदै गएको छ । पछिल्लो समय दुल्लूका अधिकाँश महिलाहरु माइक्रोफाइनान्समा आवद्ध भएका छन् । दुल्लू क्षेत्रमा अहिले सम्म २४ वटा समुहमा २८८ जना सदस्य रहेको दुल्लू शाखाका शाखा प्रर्बन्धक विनोद पाण्डेले जानकारी दिनुभयो ।संस्थाले संस्थामा आवद्ध भएका महिलाहरुलाई ५ लाख बिना धितो र १० लाख सम्म धितोमा ऋण लगानी गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले बताउनुभयो ।
संस्थाले समुहका सदस्यहरुको चाहना र आवश्यकता अनुसार गुणस्तरिय सेवा प्रवाह गरिरहेको उहाँको भनाई छ । ‘जब सम्म महिलाको आर्थीक अवस्था सुधार गर्न सकिदैँन तब सम्म मुलुकको विकास र समृद्धि सम्भव नभएको यादवको भनाई छ ।संस्थाले लगानी गरेको रकम सही ठाउँमा लगानी गर्न संस्थामा आवद्धहरुलाई जानकारी गराईएको छ । शाखा उद्घाटन गर्नुहुँदै दुल्लु नगरपालिकाका उपप्रमुख विष्णु थापाले सिप सिकेर मात्रै ऋण लिन यहाँका महिलाहरुलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया