कर्णाली प्रदेशले माग्यो डेढ सय स्वयम् सेवक कर्मचारी

कर्णाली प्रदेशले माग्यो डेढ सय स्वयम् सेवक कर्मचारी

सुर्खेत – कर्णाली प्रदेश सरकारले डेढ सय स्वयम् सेवक कर्मचारी माग गरेको छ। प्रदेशमै रोजगारी सिर्जना गर्न २ सय ३० दरबन्दी स्विकृत गरेको सरकारले पहिलो चरणमा करिब डेढ सय जना स्वयंसेवकका कर्मचारीका लागि आवेदन आह्वान गरेको छ। स्वयंसेवक परिचालन कार्यविधि–२०७५ अनुसार प्रदेश अन्तर्गत १० वटै जिल्लाबाट आवेदन माग गरीएको हो।

सामाजिक विकास मन्त्रालयले मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेव, अनमी, रेडियो ग्राफी, ल्याव असिस्टेन्ट, सिभिल सव इन्जिनियर, कृषि तथा भेटनरी जेटीए, असिस्टेन्ट सव इन्जिनियर, मेडिकल अफिसर लगायतका पदमा यही २५ गतेभित्र अनलाइनमार्फत स्वयंसेवक आह्वान गरेको हो। प्राविधिक तर्फका एक सय ३९ जना स्वयंसेवकलाई पहिलो चरणमा परिचालन गर्न लागिएको छ।

डोल्पामा २० जना, मुगुमा १७ जना, हुम्लामा १८ जना, जुम्लामा ११ जना, कालिकोटमा १९ जना, जाजारकोटमा १५ जना, रुकुमपश्चिममा १२ जना, दैलेखमा १३, सल्यानमा ८ र सुर्खेतका लागि ६ जना स्वयंसेवक परिचालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।पदले स्वय सेवक भनिए पनि उनीहरुले गर्न काम र पाउने सेवा सुविधा कर्मचारी रहर हुनेछ। स्वयंसेवक कर्मचारीलाई उनीहरुको योग्यता र विकटताका आधारमा सरकारले जीवन निर्वाह भक्ता शिर्षकमा १४ हजार ४ सयदेखि २२ हजार २ सयसम्म तलब पाउने छन्।

प्रदेश सरकारले तयार पारेको स्वयम सेवक परिचालन सम्बन्धी कार्यविधि २०७५ अनुसार कर्मचारीको अवधि दुई वर्षसम्म हुने छ। एसइइदेखि स्नाकोत्तरसम्म सम्बन्धित विषयमा योग्य र सम्बन्धित जिल्लाको व्यक्तिमात्रै स्वयम सेवक कर्मचारीका लागि योग्य मानिने छ। तर, सबै पदका लागि १८ वर्ष पुरा गरी ४० वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ।

स्नात्तकोत्तर उत्तीर्ण भएको प्राविधिक र अप्राविधितर्फको स्वयंसेवकले १९ हजार आठ सयदेखि २२ हजार दुई सयसम्म भत्ता पाउनेछन्। तह उत्तीर्ण गरेका प्राविधिक स्वयंसेवकले १९ हजार दुई सयदेखि २१ हजार ६ सय, अप्राविधिक स्वयंसेवकले १८ हजारदेखि २० हजार चार सय, उच्च माध्यमिक तह वा सो सरह उत्तीर्ण गरेका प्राविधिकतर्फका स्वयंसेवकले १५ हजार ६ सयदेखि १८ हजार र अप्राविधिकले १५ हजारदेखि १७ हजार चार सयसम्म भत्ता पाउने कार्यविधिमा उल्लेख छ। त्यस्तै प्रवेशिका परीक्षा उत्तीर्ण गरेका प्राविधिकहरूका लागि १४ हजार चारसयदेखि १६ हजार आठ सयसम्म भत्ता तोकिएको छ। सामाजिक विकास मन्त्रालयका सचिव अध्यक्ष रहने स्वयम सेवक कार्यकारी समितिले अन्तरवार्ता वा लिखित परीक्षाबाट कर्मचारी छनौट गर्नेछ।

प्रतिक्रिया