‘दैलेख महोत्सब ऐतिहासिक हुनेछ’

‘दैलेख महोत्सब ऐतिहासिक हुनेछ’

कुल बहादुर विक
अध्यक्ष, दैलेख उद्योग बाणिज्य संघ, दैलेख

दैलेख उद्योग बाणिज्य संघ दैलेख र नेपाल उद्योग बाणिज्य महासंघ काठमाण्डौको संयुक्त आयोजनामा यहि फागुन २४ देखि चैत्र ४ गते सम्म दैलेख महोत्सब २०७५ संचालन हुँदैछ । फागुन २२ गते देखि सुरु हुने भनिएको महोत्सब प्राविधिक कारणले २ दिन पछाडी सरेको छ ।
‘उद्यम, कृषि, पर्यटन र व्यापार समृद्ध दैलेखको मुल आधार’ भन्ने नारा सहित दैलेख महोत्सब २०७५ (कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला) का लागि आयोजकले प्रचार–प्रसार गरिरहेको छ । महोत्सब गर्नुको उदेश्य, तयारी लगाएतका विषयमा दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष एंव महोत्सब मुल आयोजक समितिका संयोजक कुल बहादुर विकसँग ज्वाला संदेश अनलाइनका सम्पादक हिक्मत बहादुर नेपालीले गरेको कुराकानी ।
महोत्सबको तयारी कस्तो भइरहेको छ ?
दैलेख महोत्सब २०७५ (कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला) को तयारी तिब्र भइरहेको छ । मुल आयोजक समिति, विभिन्न उप–समितिहरु गठन भई कार्य अगाडी बढिरहेको छ । तयारी तिब्र रुपमा अगाडी बढाएका छौँ । लगभग तयारी पुरा भइसकेको छ । प्राविधिक कारणले महोत्सब दुई दिन पछाडी सारेका छौ । महोत्सब अब २४ गते शुक्रवार भव्य रुपमा उद्घाटन गर्ने तयारीमा छौँ ।
महोत्सब संचालन गर्नुको उदेश्य के हो ?
हामीले उद्योग बाणिज्य संघको गएको निर्वाचनको संघारमा जारी गरेको घोषणा पत्रमै फागुन १७ देखि २७ गते सम्म महोत्सब संचालन गर्ने उल्लेख गरेका थियौ । तर उल्लेख गरिए अनुसारको मितिमा महोत्सब संचालन गर्न सकेनौँ । जिल्लामा लोप हुँदै गएको स्थानीय लोक संस्कृतिको संरक्षण तथा उजागार गर्ने महोत्सबको उदेश्य हो ।
काठमाण्डौ र लुम्बिनी पछिको धार्मीक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने दैलेखलाई धार्मीक पर्यटकीय स्थलको रुपमा विकास गर्ने महोत्सबको उदेश्य छ । त्यति मात्र नभई जिल्ला सदरमुकाममा हाट बजार संचालन गर्ने तथा स्थानीय व्यवसायको प्रर्वद्धन हो । यहाँको जल जमिन र जंगल र जडिबुटीको अधिकतम् प्रयोृग गरि त्यसको विकास तथा प्रवद्र्धन गरि महोत्सब मार्फत जिल्लाको पर्यटन विकास र समृद्धिमा टेवा पु¥याउने हो । दैलेखलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने हाम्रो लक्ष र उदेश्य हो ।
महोत्सबको समय पछाडी धकेलिदाँ प्रभाव त पर्ला नी ?
यसले खासै असर पर्दैन् । सिंगो उद्योग बाणिज्य संघको टिमको सहमतीमा दुई दिन मात्रै पछाडी सारिएको हो । यो युग प्रविधिको युग हो । रेडियो तथा पत्रपत्रिकाहरुबाट प्रचार प्रचार हुन्छ । अब झन भव्य तरीकाले महोत्सब संचालन हुन्छ । महोत्सब प्रति उत्साह धेरै छ । यो विचमा बर्षात भएन भने दैलेख महोत्सब, कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला ऐतिहासिक हुनेछ ।
महोत्सबको मुख्य आकर्षण के छ ?
महोत्सबको मुख्य आकर्षण यहाँका पुराना कला संस्कृति नै हो । जिल्लाभरी छरिएर रहेका कला संस्कृतिहरु हुड्के, ढोलकी, मयूर, मारुनी, सोरठी, ख्याली, पैसरी, टाकटुके नाच लगाएतका स्थानीय कला संस्कृतिलाई विशेष प्राथमिकतामा राखेका छौ । सोहि अनुुसार दैलेखका ११ वटै स्थानीय तहहरुसंग समन्वय गरेका छौ । त्यसबाहेक राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।
महोत्सबबाट प्राप्त भएको आम्दानी के मा खर्च गर्नुहुन्छ ?
महोत्सबबाट बचत भएको रकम हामी हाट बजार संचालनमा खर्च गर्छौ । विगतमा भएका महोत्सबहरुबाट आम्दानी भएको रकम विभिन्न प्रयोजनका लागि खर्च भएको छ । यस बर्ष संचालन भएको महोत्सबबाट बचत भएको रकम हामीले पारदर्शी रुपमा खर्च गर्छौ । महोत्सबबाट खर्च कम गरेर बढि भन्दा बढी आम्दानी गर्ने गरि हामी लागि परेका छौ ।
महोत्सब संचालनमा चुनौती के के छन् ?
कुनै पनि काम गर्दा थुप्रै चुनौतीहरु त हुन्छन् नै । त्यसरी नै यो महोत्सब आयोजना गर्न चुनौतीहरु छन् । महोत्सबमा जस्ता सुकै चुनौतीहरु आइपरेपनि सिंगो उद्योग बाणिज्य संघको टिम सामना गर्न तयार छ । संघका पूर्व अध्यक्षहरु लगाएत सबैलाई समेटेर अगाडी बढेका छौ । सबैको सहयोग उत्तिकै महत्वपूर्ण हुने भएकाले महोत्सब सफल बनाउन सबैको सहयोग महत्वपूर्ण रहनेछ ।
महोत्सब प्रचार प्रसारलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
महोत्सब अबको दुई दिनमा उद्घाटन हुँदैछ । त्यसका लागि पर्चा पम्पेलेटहरु छपाई व्यापक प्रचार प्रसार गरेका छौ । रेडियो टेलिभिजन र पत्रपत्रिकाबाट सुचना जारी गरेका छौ । महोत्सब स्थलमा बढि भन्दा बढि दर्शक उतार्ने लक्ष सहित प्रचार प्रसारका कामहरु तिब्र बनाएका छौ ।
अन्त्यमा केहि भन्नुहुन्छ ?
दैलेख जिल्ला आफैमा ऐतिहासिक छ । यहाँका प्राकृतिक सम्पदा, धार्मीक, साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुले भरिपूर्ण दैलेख जिल्लामा हुन लागेको यो महोत्सब यहाँका सबै नागरिकको आफ्नै महोत्सब हो । सबै मिलेर यसलाई सफल पारौँ । दैलेख उद्योग बाणिज्य संघले अगुवाई मात्र गरेको हो । यहाँका जनप्रतिनीधि, बुद्धिजिवी, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकाय, जिल्लामा क्रियाशिल रहनुभएका संचारकर्मीहरुको सहयोगको खाँचो छ । सबै मिलेर महोत्सबलाई ऐतिहासिक र सफल बनाआँै ।

प्रतिक्रिया