सुत्केरी भएको एक महिना पछि फेरि जुम्ल्याहलाई जन्म

सुत्केरी भएको एक महिना पछि फेरि जुम्ल्याहलाई जन्म

बीबीसी चैत्र १४, २०७५ । बंगलादेशमा एक सुत्केरीले एक महिना पछि फेरि जुम्ल्याहलाई जन्म दिएकी छिन् । बंगलादेशको खुल्ना जिल्लाको ग्रामीण वस्तीकी २० वर्षीया अल्फा सुल्तानाले गत फेब्रुअरीमा पहिलो सन्तानलाई जन्म दिएको २६ दिन पछि जुम्ल्याहलाई जन्म दिएकी हुन् । दुईवटा पाठेघर रहेकी महिलाको दोश्रो पाठेघरमा रहेका दुई शिशुलाई शल्यक्रिया गरी निकालिएको चिकित्सकलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

ती जुम्ल्याह शिशु स्वस्थ्य रहेको जनाइएको छ । पहिलो सन्तानलाई जन्म दिँदासम्म अल्ट्रा साउण्ड नगरेका कारण ती महिलालाई तीन सन्तान रहेको जानकारी नै नभएको चिकित्सकले बताएका छन् । पहिलो सन्तानलाई जन्म दिन अस्पताल पुगेका समय अल्ट्रा साउण्ड गर्दा मात्रै अन्य दुई सन्तान समेत रहेको पत्ता लागेको चिकित्सक सिला पोद्धारले बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया