एसईई प्रश्नपत्र लिक काण्डः पक्राउ परेका ६ जना सार्वजनिक

एसईई प्रश्नपत्र लिक काण्डः पक्राउ परेका ६ जना सार्वजनिक

शिक्षक र प्रहरीको मिलेमतोमा प्रश्नपत्र भाइरले भएको खुलासा !

काठमाडौं – प्रदेश नं. २ मा चैत १४ र १५ गतेको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको काण्डमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार सप्तरीमा पत्रकार सम्मेलन गरेर प्रहरीले दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्ने प्रहरी अधिकारीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत् थिए ।
पक्राउ पर्ने अन्य ४ जनामा न्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव छन् ।

१५ गतेको विज्ञान र १४ गतेको सामाजिक विषयको प्रश्नपत्र ब्रम्हदेव सुनरैतमार्फत भाइरल गरिएको थियो । उनले प्रश्नपत्र राखिएको स्थानबाट निकालेर फोटो खिचि दाइ विष्णदेव यादवलाई पठाएका थिए । यादवले पहिले मनोजलाई पठाएका थिए र मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको प्रहरीले खुलासा गरेको छ । त्यसक्रममा एक जनाले सामाजिक सञ्जालमा प्रश्नपत्र अपलोड गरेपछि काण्डले गहिरो रुप लिएको थियो ।
नेपाल समाचारपत्र

प्रतिक्रिया