वरिष्ठ पत्रकार श्रेष्ठको निधन

वरिष्ठ पत्रकार श्रेष्ठको निधन

काठमाडौँ, वैशाख ४ गते । वरिष्ठ पत्रकार एवं कामना न्युज पब्लिकेसनका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको उपचारका क्रममा आज ६० वर्षको उमेरमा निधन भएको छ ।
उहाँको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । श्रेष्ठको करीब साढे पाँच महिना अघि नाकमा समस्या भएका कारण राजधानीको वयोधा अस्पतालमा नाकको र ब्लुक्रस अस्पतालमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म उहाँको स्वास्थ्य स्थिति सामान्य रहे पनि मिर्गौलाको पत्थरीको शल्यक्रिया पश्चात उहाँमा थप समस्या देखिँदै आएको थियो ।
चिकित्सकहरुले उहाँलाई न्गष्ििबष्ल(द्यबचचé कथलमचयmभ ९न्द्यक्० खष्चगक को सङ्क्रमण भएको आशङ्का गरेपछि भारतको हरियाणास्थित मेदान्त अस्पताल ‘रिफर’ गरे पनि उपचार कार्यले सफलता पाउन सकेन ।
काठमाडाँैं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेरापीलगायतका विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेरापीलगायतका विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो ।
यसरी उहाँको नियमित उपचार प्रक्रिया चल्दै गर्दा फेरि उहाँमा गम्भीर स्वास्थ्य समस्या देखा परेपछि एक महिना अघि नेपाल मेडिसिटी अस्पताल पु¥याएर सघन उपचार कक्षमा उपचार गरिएको थियो । नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचारमा उहाँको उपचार गर्दै गर्दा स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्थामा नै रहेपछि पहिलेदेखि नै उहाँको उपचारमा संलग्न चिकित्सकसँगको परामर्श र भारतीय चिकित्सकको सुझाव अनुरुप पुनः नर्भिक अस्पतालमा नै राखेर उहाँको उपचार हुँदै आएको पब्लिकेसन्सले जनाएको छ ।
सन् १९५९ अगष्टमा जन्मनुभएका श्रेष्ठ सो पब्लिकेसन्स र नेपाल मिडिया सोसाइटीका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । उहाँले न्यूनतम पारिश्रमिक निर्धारण समिति, राष्ट्रिय समाचार समिति ९रासस०, नेपाल प्रेस इन्स्टिच्युट, सम्पादक समाज नेपाल, नेपाल प्रेस क्लब, प्रेस काउन्सिल नेपालमा कार्यकारी सदस्यका रुपमा समेत योगदान दिनुभएको थियो ।
श्रेष्ठले नेपालको प्रथम चलचित्र प्रतियोगिताको सल्लाहकार भई सेवा दिनुभएको थियो । उहाँ राष्ट्रिय फुटबल खेलाडीसमेत हुनुहुन्थ्यो । प्रबल गोरखा दक्षिण बाहु, त्रिशक्ति पट्ट, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रेस काउन्सिल अवार्डलगायतबाट सम्मानित उहाँ पत्रकारिताका प्रशिक्षकसमेत हुनुहुन्थ्यो । श्रेष्ठको पार्थीव शरीर आज भूगोलपार्कमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजालले जानकारी दिनुभयो । श्रेष्ठका श्रीमती र तीन छोरा हुनुहुन्छ ।

प्रतिक्रिया