जनप्रतिनीधिलाई जल उपयोग गुरुयोजना सम्बन्धि अभिमुखिकरण

जनप्रतिनीधिलाई जल उपयोग गुरुयोजना सम्बन्धि अभिमुखिकरण

दैलेख (दुल्लु), १० वैशाख ।
जनसंख्याको हिसावले कर्णालीको दोस्रो ठुलो नगरपालिका दुल्लुमा जल उपयोग गुरुयोजना सम्बन्धि एक दिने अभिमुखिकरण गोष्ठि सम्पन्न भएको छ । दुल्लु नगरपालिकाका कार्यपालिका सदस्यहरुलाई जल उपयोग गुरुयोजना सम्बन्धि अभिमुखिकरण गरिएको हो ।

दुुल्लु नगरपालिकाको आयोजना, हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपाल र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालित एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमको सहजिकरणमा दुल्लु नगरपालिकाका कार्यपालिका सदस्यहरुलाई अभिमुखिकरण गरिएको हो ।
अभिमुखिकरणमा दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारी, उप–प्रमुख विष्णु थापा, दुल्लु नगरका १३ वटै वडाका वडाध्यक्ष, हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालका इन्जिनियर राम श्रेष्ठ, एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमका संयोजक मान बहादुर थापा, सामुदायिक सहजकर्ता ललिता कुमारी भण्डारी, प्राविधिक सहजकर्ता विष्णुप्रसाद भट्टराई तथा जलउपयोग गुरूयोजनाका कर्मचारीहरूको सहभागि थिए ।

गोष्ठिमा दुल्लु नगरपालिकाका चार वटा वडाको उपयोग गुरूयोजना बनाउनेबारे छलफल गरिएको थियो । दुल्लु नगरका वडा नं. १०, ११, १२ र १३ मा गुरूयोजना बनाउनेबारे छलफल गरिएको बताइएको छ ।

प्रतिक्रिया