आफ्नै श्रीमति बेच्नेलाई साढे अठतीस वर्ष कैद !

आफ्नै श्रीमति बेच्नेलाई साढे अठतीस वर्ष कैद !


जेठ १९, २०७६ – दैलेख – आफ्नै श्रीमति र छोरालाई बेचेको आरोपमा भैरवी गाउँपालिका–४ भैरीका २१ वर्षीय टेकराज पुरीलाई दैलेख जिल्ला अदालतले आज तीन लाख तीस हजार जरिवाना र साढे ३८ वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट भएको उक्त फैसला मानव बेचबिखनमा २० वर्ष, ओसारपसारमा १५ वर्ष र कुल सजायको थप १० प्रतिशतले हुन आउने साढे ३ वर्ष समेत ३८ वर्ष ६ महिना कैद भएको प्रवक्ता बिनोद आचार्यले जानकारी दिनुभयो ।
आरोपित पक्षले पीडितलाई १ लाख ६५ हजार रुपैंयाँ क्षतिपूर्ति दिनुपर्ने पनि फैसलामा उल्लेख गरिएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा १५ अनुसार कैद तथा जरिवाना र दफा १७ अनुसार क्षतिपूति फैसला भएको हो ।
प्रेमविवाह गरी भारतको बैंगलोरमा पु¥याएर २०७४ माघमा २ लाख २० हजार भारुमा बेचेको भन्दै ०७५ वैशाख २४ गते जिल्ला प्रहरी कार्यालयमा दिएको मानव बेचबिखन सम्वन्धी मुद्दा जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गरेको थियो ।
शक्ति नेपालकै पहलमा परेको जाहेरीपछि जिल्ला सरकारी वकील कार्यालयले भदौ ३ गते दैलेख जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर भएको थियो ।
घटनाको प्राप्त सूचनाका आधारमा शक्ति नेपाल र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको पहलमा बैंगलोरबाट उद्धार गरी नेपालगञ्ज हँुदै काठमाण्डौं पु¥याएर पीडित आमा–छोरालाई आश्रय दिनुसंगै कानूनी उपचार प्रक्रिया अगाडि बढाएको थियो ।

प्रतिक्रिया