वक्तृत्वकला प्रतियोगिता सम्पन्न

वक्तृत्वकला प्रतियोगिता सम्पन्न

दैलेख जेठ २२ ।
विश्व वातावरण दिवसका अवसर पारेर वक्तृत्वकता प्रतियोगिता गरिएको छ । दैलेखको भैरबी गाउँपालिका वडा नं. ७ मा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
एईआएन लक्जेम्बर्र्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धन (आधार) परियोजनाको सहजिकरण तथा भैरबी गाउँपालिका वडा नं. ७ को मालिका युवा संजालको आयोजनामा प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा आठ वटा विद्यालयको सहभागिता रहेको थियो ।

वातावरण संरक्षणका लागि बालबालिकाको भूमिका विषयक वक्तृत्वकता प्रतियोगितामा आदर्श मावी प्रथम भएको छ । यस्तै महादेव मावी दृतिय भएको छ भने भगवती आधारभुत विदालय तृतिय भएका छन् ।
‘स्वच्छ वायु, स्वच्छ जीवन’ नाराका साथ मनाईएको दिवसका अबसरमा आयोजित कार्यक्रममा वडा स्थित जनप्रतिनीधि, शिक्षक, विद्यार्थी, युवा क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो । त्यस अघि वाताववरण संरक्षण गर्ने संदेशमुलक ¥याली गरिएको बताइएको छ ।

प्रतिक्रिया