सुर्खेतको सिम्ता गाउँपालिकाका सबइञ्जिनियर सहित पाँच जना विरुद्ध भ्रष्टचार मुद्दा

सुर्खेतको सिम्ता गाउँपालिकाका सबइञ्जिनियर सहित पाँच जना विरुद्ध भ्रष्टचार मुद्दा

सुर्खेत । जिल्लाको पुर्वी इलाकामा अवस्थित सिम्ता गाउँपालिकाका सबइञ्जिनियर शिवशंकर पोख्रेलसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा भ्रष्टचारको मुद्दा दर्ता गरेको छ । जसमा इन्जिनियर नवीन शर्मा, देउली–सिर्पा काफलकोट हुँदै जितेजुवा सडकको उपभोक्ता समितिका अध्यक्ष भुवानसिंह ठकुरी, कोषाध्यक्ष टीका वली र सचिव नन्दसिंह ठकुरीविरुद्ध मुद्दा दायर गरिएको छ ।

सडक निर्माणको लगत इष्टिमेट र सम्झौता बमोजिम १ हजार १६० मिटरको नयाँ ट्रयाक खोल्नुपर्नेमा सो नखोली नयाँ ट्रयाक खोलेको भनी झुट्टा नापी किताब एवं कार्य सम्पन्न प्रतिवेदन बनाइएको आरोप उनिहरुमा रहेको छ ।

सडक निर्माणमा बदनियतपूर्वक ट्रयाक नखोलेको कामको परिमाण देखाउने तथा बढी मूल्य पर्ने वस्तुमा बढी परिमाण गरेको देखाई कार्य सम्पन्न प्रतिवेदन तयार गरी पेश गरेको पुष्टि भएकोे अख्तियारले जनाएको छ। गलत प्रतिवेदन पेश गरी ४ लाख ५६ हजारभन्दा बढी भुक्तानी दिई भ्रष्टाचार गरेको आरोपसमेत उनिहरुमा रहेको छ ।

प्रतिक्रिया