समुदाय स्तरिय अन्तरक्रिया

समुदाय स्तरिय अन्तरक्रिया

सुर्खेत भदौ १३ ।
कर्णालीको राजधानी विरेन्द्रनगर नगरपालिका वडा नंं. २ मा लैंगिक विभेद तथा यौन दुव्र्यवहार सम्बन्धि समुदाय स्तरिय अन्तरक्रिया कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । यहाँका जनप्रतिनीधि, टोल विकास समितिका पदाधिकारी, स्थानीय महिलाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । सोहि अबसरमा अभियानकी संयोजक सुनारले लैंगिक विभेद तथा यौन दुव्र्यवहार सम्बन्धि सहजिकरण गरेकी थिइन् । कार्यक्रममा सहभागिहरुले लैंगिक विभेद तथा यौन दुव्र्यवहार विरुद्ध संवेदनशिल हुनुपर्नेमा जोड दिएका थिए ।
भिएसओे÷आईसिएस अन्तरगर्त आईसिभी एएलयूएकएलआईको अनुदान सहयोग तथा विरेन्द्रनगर नगरपालिका वडा नं. २ को समन्वयमा बालिका बचाउ अभियानद्धारा आयोजित कार्यक्रममा सहभागिहरुले छोरा र छोरी विच गरिने विभेद नगर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा वडाध्यक्ष बलबहादुुर रोकाय, बाङ्गेसिमल प्रहरी इन्चार्ज बेदबहादुर गुरुङ्ग, विरेन्द्रनगर नगरपालिकाका कार्यपालिका सदस्य सरिता चौधरी पनि सहभागि थिए । उनिहरुले बनेका कानुनहरु कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । अन्तरक्रियामा समुदायमा महिलासँगै पुरुषहरुको उल्लेख्य सहभागिता रहेको संयोजक सुनारले बताइन् ।

प्रतिक्रिया