संघीय व्यवस्था सवलीकरण

संघीय व्यवस्था सवलीकरण

दैलेख – पूर्वसहायक मन्त्री बिनोदकुमार शाहले पत्रकारहरुले बस्तुनिष्ट आधारमा स्थानीय सरकारका राम्रा कामको चर्चा र कमी कमजोरी केलाउन सके संघीय व्यवस्था सवलीकरणमा सघाउन पुग्ने बताउनुभएको छ ।

विकास सहयोगी कन्सल्टेन्सी ‘दुबदुत्स’को सहयोगमा नेपाल पत्रकार महासंघ शाखाको आयोजनामा आज दैलेखमा आयोजित स्थानीय सरकार सवलीकरणमा पत्रकारको भूमिका विषयक छलफल कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले संघ र प्रदेशले नीति, नियम तथा कानूनबनाउन ढिलाई गरेको कारण आफूलाई आवश्यक ऐनहरु बनाउन कठिनाई भएको औल्याउदै गर्दै सिक्दै स्थानीय तहहरुले राम्रै काम थालनी गरेको प्रष्ट्याउनुभयो ।

त्यसबखत नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले संघीय संरचनाको ज्ञान तथा पद्धति बारे पत्रकारिता गर्न पत्रकार आफैले पनि क्षमता विकास गराउन आवश्यक भएको औल्याउदै स्थानीय सरकारले यसका निम्ति सहयोग गर्न आवश्यक रहेको औल्याउनुभयो ।

स्थानीय सरकार र पत्रकारहरु एकअर्काप्रति सशंकित हुने अवस्था र भ्रमहरुका विषयमा पत्रकार अमर सुनार, भूपेन्द्र शाही, यज्ञराज थापा र बिशाल सुनारले आ–आफ्ना धारणा राख्नुभएको थियो । नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिनु भारतीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया