बेचविखन रोक्न सचेतना जरुरी

बेचविखन रोक्न सचेतना जरुरी

दैलेख भदौ २० ।
मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवस दैलेखमा साताव्यापी रुपमा चेतनामुलक कार्यक्रम मनाईएको छ । साताव्यापी कार्यक्रम अन्तरर्गत जिल्ला प्रहरी कार्यालय दैलेखले नारायण नगरपालिकाका विभिन्न माध्यामिक विद्यालय तथा समुदाय स्तरमा मानव बेचविखन बिरुद्धको अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो ।
दिवसका अबसरमा शुक्रवार सदरमुकाम दैलेख बजारमा ¥याली गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, सुन्दर नेपाल संस्था, जिल्ला प्रहरी कार्यालय, नारायण नगरपालिका, जिल्ला समन्वय समितिको समन्वयमा मानव बेचविखन तथा ओसारपसार विरुद्धको मुल समारोह समितिको आयोजनामा ¥याली गरिएको हो ।

¥याली पश्चात मुल समारोह समितिद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सभा सदस्य अम्मरबहादुर थापाले मानव बेचविखन तथा ओसारपसार रोक्न सचेतना जरुरी रहेको बताए । बेचविखन तथा ओसारपसार रोक्न गम्भीरताका साथ लाग्नुपर्ने बताउँदै थापाले मानव बेचविखन बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । यसको नियन्त्रणका लागि गम्भीर भएर लाग्ने बेला आएको उनको भनाई छ ।

नारायण नगरपालिकाका मेयर रत्न बहादुर खड्काले मानव बेचविखन तथा ओसारपसार विश्वमै बढदै गएको समस्या भएकाले यसलाई नियन्त्रण गर्न सशक्त र प्रभावकारी कदम चाल्न स्थानीय सरकार प्रतिवद्ध रहेको बताए । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बेचविखन तथा ओसारपसारका जघन्य अपराधका घटना हुन नदिन सरकारले कानुनी, नीतिगत र संरचनागत प्रयास गरिरहेको बताए ।
कार्यक्रममा अन्य सहभागिहरुले गरिवी र अशिक्षाका कारण पनि मानव बेचविखनको समस्या बढदै गएको उल्लेख गर्दै ती समस्या समाधानका लागि समाधानका लागि पनि सरोकारवाला सबैको साथ र सहयोगको आवश्यक्ता औल्याए ।

प्रतिक्रिया