कर्णालीको कहर: दसैंमा सुरक्षित यात्राकै पिरलो

काठमाडौँ, असोज १६ । जुम्ला चन्दननाथ नगरपालिका–२ की महिमा भण्डारी हरेक दसैंमा घरमा आउँछिन्। उनी घर फर्कदा मनमा कर्णाली राजमार्गको यात्रा सुरक्षित हुनेकी असुरक्षित भन्ने चिन्ताले अड्डा जमाउँछ। दसैंमा कर्णाली सडकमा यात्रा गर्नु भनेको मृत्युसँग पौठेजोरी गर्नु जस्तै मान्छिन्।

उनले भनिन्,‘ कर्णालीको साँघुरो सडकमा खचाखच यात्रुले भरिएका सवारी देख्दा मन झस्कन्छन्। तर यो सडकमा यात्रा नगरि सुख पनि छैन्।’ सडक निकै साँघुरो, कालोपत्रे उप्कीएर खाल्डैखाल्डोको यात्रा घर फर्कदा सम्म शरिर दुखेर हैरान हुन्छ। उनले भनिन्,‘ कर्णाली सडक सुरु भएपछि देशमा शासन ब्यवस्था बदलियो तर सुरक्षित रुपमा यात्रा गर्न पाउनु पर्ने कर्णालीबासीको सपना बदलिएन्।’

चन्दननाथ नगरपालिका–२ खोलिकोटका दिपकबुढा थापा दसैंमा यात्रा गर्दा कर्णाली राजमार्गको कालिकोट खण्डमा लुटिए। उनले समयमै घर फर्कने सोचेका थिए। तर सडकमा पहिरो आएको र खाल्डाखुल्डीका कारण घर पुग्न सकेनन्। उनी कालिकोटमा लुटिए।

दिपकले अहिलेसम्म दसैंमा गरेको कर्णाली सडकको यात्रा बिर्सेका छैनन्। उनले भने, ‘कर्णाली सडक भरपर्दो छैन्, सुरक्षित पनि। अझ भनौं यात्रा बाध्यताले गर्न विवश छन् कर्णालीबासी।

राजमार्गमा चालकले निकै जोखिमपुर्वक सवारी चलाउँछन्। यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्छन्। उनले भने, ‘यात्रा प्रारम्भ भएदेखि नै कर्णालीबासीले देउताको भाकल गर्न थाल्छन्। जब गन्तव्यमा पुग्छन्, तब शान्तिको सास फेर्छन्। यात्रामा सास्तीको सास फेरीरहेका कर्णालीबासी घर पुगिसकेपछि आफु भाग्यले गन्तब्यमा पुगेको अनुभुति गर्छन्।’

काठमाडौँ, असोज १६ । जुम्ला चन्दननाथ नगरपालिका–२ की महिमा भण्डारी हरेक दसैंमा घरमा आउँछिन्। उनी घर फर्कदा मनमा कर्णाली राजमार्गको यात्रा सुरक्षित हुनेकी असुरक्षित भन्ने चिन्ताले अड्डा जमाउँछ। दसैंमा कर्णाली सडकमा यात्रा गर्नु भनेको मृत्युसँग पौठेजोरी गर्नु जस्तै मान्छिन्।

उनले भनिन्,‘ कर्णालीको साँघुरो सडकमा खचाखच यात्रुले भरिएका सवारी देख्दा मन झस्कन्छन्। तर यो सडकमा यात्रा नगरि सुख पनि छैन्।’ सडक निकै साँघुरो, कालोपत्रे उप्कीएर खाल्डैखाल्डोको यात्रा घर फर्कदा सम्म शरिर दुखेर हैरान हुन्छ। उनले भनिन्,‘ कर्णाली सडक सुरु भएपछि देशमा शासन ब्यवस्था बदलियो तर सुरक्षित रुपमा यात्रा गर्न पाउनु पर्ने कर्णालीबासीको सपना बदलिएन्।’

चन्दननाथ नगरपालिका–२ खोलिकोटका दिपकबुढा थापा दसैंमा यात्रा गर्दा कर्णाली राजमार्गको कालिकोट खण्डमा लुटिए। उनले समयमै घर फर्कने सोचेका थिए। तर सडकमा पहिरो आएको र खाल्डाखुल्डीका कारण घर पुग्न सकेनन्। उनी कालिकोटमा लुटिए।

दिपकले अहिलेसम्म दसैंमा गरेको कर्णाली सडकको यात्रा बिर्सेका छैनन्। उनले भने, ‘कर्णाली सडक भरपर्दो छैन्, सुरक्षित पनि। अझ भनौं यात्रा बाध्यताले गर्न विवश छन् कर्णालीबासी।

राजमार्गमा चालकले निकै जोखिमपुर्वक सवारी चलाउँछन्। यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्छन्। उनले भने, ‘यात्रा प्रारम्भ भएदेखि नै कर्णालीबासीले देउताको भाकल गर्न थाल्छन्। जब गन्तव्यमा पुग्छन्, तब शान्तिको सास फेर्छन्। यात्रामा सास्तीको सास फेरीरहेका कर्णालीबासी घर पुगिसकेपछि आफु भाग्यले गन्तब्यमा पुगेको अनुभुति गर्छन्।’ नागरिक दैनिक मार्फत साभार ।

प्रतिक्रिया