पारसले आईपीएल खेल्ने चर्चा

पारसले आईपीएल खेल्ने चर्चा

एजेन्सी । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल २०२० को खेलाडी अक्सनको समय नजिक आउँदै गर्दा प्रत्येक फ्रेन्चाइज टिमले आफ्नो रणनीति बनाउन सुरु गरेका छन् । यस पटकका खेलाडी अक्सनका लागि गएको वर्षको भन्दा बढी रकम खर्च गर्ने तयारीमा सबै टिम लागेका छन् ।

पछिल्ला दिनहरुमा टी २० मा रन बनाउने होड बाजी जस्तै चलेकाले हरेक टिमको नजरमा विस्फोटक व्याट्म्यानमाथि नजर पर्ने गर्छ । यस्तोमा एसोसिएट देशका खेलाडीहरु पनि पर्ने गर्छन् । नेपालका सन्दीप लामिछानले दुई सिजन दिल्लीबाट आईपीएल खेलिसकेका छन् ।

यस पटकका खेलाडी अक्सनमा एसोसिएट देशबाट यी विस्फोटक ब्याट्सम्यान पनि छानिने सम्भावना रहेको स्पोर्टस क्रिडा अनलाइनले लखेको छ । यस्तोमा नेपाली टिमका निर्वतमान कप्तानसमेत रहेका पारसलाई स्पोर्टस कीडाले तीन मध्ये दोस्रो नम्बरमा राखेको छ ।

३। जर्ज मुनसे (स्कटल्याण्ड)

यो लिस्टको तेस्रो नाम हो स्केटल्याण्डका जर्ज मुनसे । उनी पछिल्लो समय प्रदर्शनका कारण चर्चामा छन् । स्कटल्याण्डका ओपनर व्याट्सम्यमान मुनसले गत महिला नेदरल्याण्डविरुद्धको टी २० मा ५६ बलमा १२७ रन बनाएर सनसनी मच्चाएका थिए । आफ्नो पारिमा १४ चौका र ५ छक्का प्रहार गरेका थिए ।

यसका साथै उनले ओपनरको रुपमा कप्तान काइल कोटजरसँग मिलेर पहिलो विकेटका लागि २०० रनको साझेदारी पनि गरेका थिए । उनको प्रदर्शनका कारण स्कटल्याण्डले नेदरल्याण्ड्सविरुद्ध २५२ रनको विशाल योगफल तयार पारेको थियो ।

उनले अहिलेसम्म ३८ टी २० मा १६५.७७ को स्ट्राइक रेटले ९८८ रन बनाएका छन् । जसमा एक शतक र चार अर्धशतक पनि सामेल छ । एसोसिएट देशबाट खेल्ने मुनसे आईपीएल खेल्न सक्ने आंकलन गरिएको छ ।

२। पारस खड्का (नेपाल)

नेपाली क्रिकेट टिमका निवर्तमान कप्तान पारस खका यस्तो नाम हो जो अहिले विश्व क्रिकेटमा चर्चित छ । पछिल्लो महिना सिंगापुरविरुद्ध टी २० मा लक्ष्य पछ्याउने क्रममा शतक लगाए पछि उनको चर्चा झनै चुलिएको हो । टी २० मा लक्ष्य पछ्याउने क्रममा शतक बनाउने विश्वकै पहिलो कप्तानको रेकर्ड पनि पारसले बनाएका छन् ।

पारसले उक्त खेलमा ५२ बलमा १०६ रनको उत्कृष्ट व्याटिङ गरेका थिए । शतक भने ४९ बलमै पूरा गरेका थिए । यसका साथै उनी टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा चौथो सबैभन्दा चाँडो शतक बनाउने एशियाली खेलाडी पनि बनको छन् । पारसले अहिलेसम्म टी २० करियरमा ५० वटा म्याच खेलेका छन् ।

जसमा उनले १२३.६३ को स्ट्राइक रेटमा १२२४ रन बनाइसकेका छन् । यसमा एक शतक र सात अर्धशतक पनि समावेश छन् । यतिमात्र होइन पारसले अहिलेसम्म २५ विकेट पनि हात पारेका छन् । यही प्रदर्शनका आधारमा पनि आईपीएलमा कुनै पनि टिमले उनलाई लिन सक्ने आंकलन गरिएको छ ।

१। हजरतुल्लाह जजाई (अफगानिस्तान)

अफगानिस्तानका यी युवा क्रिकेटर पछिल्लो समय टी २० मा उत्कृष्ट लयमा छ । २०१९ को शुरुमा उनको चर्चा झनै चुलिएको थियो । आएरल्याण्डविरुद्ध भारतको देहरादूनमा भएको टी २० मा ६२ बलमा १६२ रनको पारि खेल्दै सनसनी मच्चाएका थिए । जसमा उनले १६ छक्का र ११ चौका लगाए । उनको स्ट्राइक रेट २६१।६९ रहेको छ । यसैगरी ओपनिङ साझेदारको रुपमा उस्मान गनीसँग मिलेर २३६ रनको विशाल साझेदारी पनि गरेका थिए ।

जजाईले टी २० का ४१ म्याचमा १५७.५८ को स्ट्राइक रेटमा १३१९ रन बनाएका छ । जसमा दुई शतक र ६ अर्ध शतक सामेल पनि छ । यस्तोमा उनलाई पनि आईपीएलमा कुनै टिमले लिन सक्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया