पादुका स्थानमा रहेका बहुमुल्य मुर्ति चोरी

पादुका स्थानमा रहेका बहुमुल्य मुर्ति चोरी

बिशाल सुनार
दैलेख ।
गयरात्ति यहाँको दुल्लु नगरपालिका वडा नं ९ पादुका स्थानको मन्दिरको गएराति अर्थात मंसिर १४ गते चोरी भएको छ । चोरी भएको मुर्तिहरुमा ८ केजीको गणेशको मुर्ती, ४ केजीको घण्टा, २ केजीको गणेशको मुर्ति तथा अन्दाजी ८ केजीको बाँघको मूर्ति चारी भएको पादुकास्थान मन्दिरका पुजारी देवीनाथ योजीले प्रहरीलाई जानकारी दिएका छन् । नियमित नित्य कर्म गर्ने क्रममा आज बिहान खाली खाली देखेपछि मुर्ति हराएको महसुस गरेपछि पुजारीले प्रहरीलाई खवर गरेका थिए । लगत्तै ईलाका प्रहरी चौकी दुल्लुबाट प्रहरी निरिक्षक हिक्मत बहादुर बोहोराको टोली मन्दिर क्षेत्र पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस अघि सोही मन्दीर क्षेत्रबाट संकटकाल ताका पंचधातुको भगवान ईन्द्रको मुर्ती चोरि भएको थियो । जिल्लाबाट बाहिरिने तथा भित्रने सवै नाकाहरुमा कडाईका साथ छानविन गरिएको दैलेखका डिएसपी हरिवहादुर वलीले बताए । सत्ययूगमा देवादिदेव महादेवले देवी सतिको मृत शरिरलाई काँधमा बोकेर त्रिलोक वैराग्य यात्रामा हिडेको बेला देवी सतिको अंग पतन भएको ५२ वटा शक्ति पिठ मध्य ५ शक्ति पिठ दैलेखमा पर्दछ ।

जस्लाई पुराणहरुमा पञ्चकोशी तिर्थको नामले चिनिन्छ । सतिदेवीको शरिरको महत्वपूर्ण अंग शिर, पाउ, कोठार, नावी तथा अस्तु खसेको स्थानमा अझै पनि ज्वाला अग्नी सदियौ देखि जल्दै आएको छ । जसलाई ज्वालादेवीको रुपमा हजारौ बर्षदेखि पुज्दै आईएको छ । बैष्णवपुराण, ज्वालापूराण, स्वस्थानि वर्तकथा, गरुणपुराणमा यस क्षेत्रको धार्मीक महिमालाई उल्लेख गरिएको छ ।

यसै क्षेत्रलाई पर्यटकिय गन्तव्यको सुचिमा सुचिकृत गरिएको छ । सवै अग्नी ज्वाला बल्ने क्षेत्रमा हाल चिन सरकार र नेपाल सरकारले पेट्रोलियम सम्भाव्यता अध्यनको लागि चिनको जिवोलोजिकल सर्वेको टोलीले पेट्रोलिएम पदार्थ अन्वेषणको कामको थालनि गरेको छ । चाईनिज प्राबिधिक, नेपाली भूगर्भ बिद तथा सयौ कामदारहरुको चहलपहल बढेसंगै यस धार्मीक क्षेत्रमा रहेका धार्मीक,सास्कृतिक सम्पदाहरु जोखिममा परेको हो ।

यस क्षेत्रमा हजारौ बर्ष देखिका सम्पदाहरु यत्र तत्र भेट्न सकिन्छ । प्राचिन सम्पदाहरुको क्षेत्र भएकाले पनि यस क्षेत्रका हरेक बस्तुको आजको बजारमा अमुल्य महत्वको रहेको छ।

प्रतिक्रिया