बालबालिकाको हातमा मोबाइल कि पुस्तक ?

          |   प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६     ::: 240 पटक पढिएको   |  

अभिभावकले मोबाइल होइन कोकिन दिइरहेका छन्-कुँवर

पोखरा २८ मंसिर । बच्चाको अगाडि प्लेटमा खाना । आँखा र ध्यान भने मोबाइलमा । मोबाइलमा देखाइन्छ, कार्टुन वा गीत । आजकाल बच्चालाई यसरी खाना खुवाइन्छ । बालबालिकाको क्षेत्रमा काम गरिरहेकाहरुको चिन्ता छ, ‘हाम्रा बाबुनानी मोबाइल वा टीभीबिना रहनै नसक्ने भए । बालबालिकालाई अभिभावकले एडिक्ट बनाइरहका छन् ।’

खासमा बालबालिकाको हातमा हुनुपर्ने के हो ? पोखरामा चलिरहेको नेपाल साहित्य सम्मेलनको दोस्रो दिनको एउटा सत्रमा यही विषयमा छलफल भएको छ । सत्रको नाम थियो, ‘बालबालिकाको हातमा मोबाइल कि पुस्तक ?’

छलफलमा थिए, मनोपरामर्शदाता करुणा कुँवर, विद्यालयमा सामाजिक शिक्षालाई नेपालीमा बनाउने अभियान चलाइरहेका डा. वसन्त गौतम र साहित्यकार तथा लेखक बिना थिङ तामाङ । उनीहरुसँग सहजीकरणमा थिए, भवसागर घिमिरे ।

मोबाइल हेरेर मात्र खाना खाने गरी अभिभावककै कारण बालबालिकालाई एडिक्ट बनाएको बिना थिङले बताइन् ।

मनोपरामर्शविद करुणाले मोबाइल बालबालिकाको होइन, अभिभावकको समस्या भएको बताइन् । ‘अभिभावकले आफूलाई कसरी सहज हुन्छ भनेर सोचिरहेका हुन्छन् । बालबालिकाका विषयमा सोच्दैनन् । यदि अभिभावक सचेत भएको भए आज यो विषयमा छलफल नै गर्नु पर्दैनथ्यो,’ करुणाले भनिन् ‘अभिभावकले बालबालिकालाई कोकिन दिइरहनुभएको छ, आफैं पनि खाइरहनु भएको छ ।’

उनकाअनुसार स्त्रिmन टचवाला ग्याजेटको अत्याधिक प्रयोगले प्रश्न गर्ने दिमागलाई कोकिन प्रयोग गरेजत्तिकै असर गर्ने अध्ययनहरुले देखाएको छ । र, इन्टरनेट एडिक्सनमा लाग्ने रोगलाई सेल्फी टी भनेेर नामाकरण गरिएको छ ।

अत्याधिक मोबाइल प्रयोगका कारण छटपटाउने, नखाने, नसुत्ने र बिरामी पर्दै जाने समस्या बालबालिकामा देखिने कुँवरले बताइन् । ११ वर्षमाथि सबैभन्दा बढी टिनऐजमै धेरै साइबर क्राइमका घटना भइरहेको उनको भनाइ थियो । ‘हाम्रा बालबालिकाले के गर्दै छन्, कोसँग कुरा गर्दै छन् भनेर अभिभावकले ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘अभिभावकले बालबालिकालाई ग्याजेट दिँदा गर्वको महसुस गर्न छोड्नुपर्छ । पहिले आफ्नो मनिटरिङ गर्नुस् । तपाई आफैं सामाजिक सञ्चालनमा कति भुलिरहनुभएको छ । मूल्यांकन गर्नुस् ।’

डा. वसन्तले बालबालिकाको कल्पनाशीलता टिभीले मार्छ भन्ने विकसित देशमा धेरै पहिले आइसकेको बताए । ‘जापानजस्तो विकसित देशमा पनि बालबालिका हुर्काउने ग्याजेट होइन किताब चाहिन्छ भन्ने छ,’ उनले भने, ‘घरबाहिर उनीहरुले खेल्ने ठाउँ छैन । परिवारले पनि पढाइमा आकषिर्त गर्न खोजेकै छैनौं ।’

साहित्यकार बिना थिङले यो घरघरको समस्या भएको बताइन् । सूचनासँग नजिक हुनैपर्छ तर कुन समयपछि भन्ने तय गर्न सक्नुपर्ने उनको धारणा छ ‘अभिभावकले मात्र गरेर हुँदैन । शिक्षकहरुले चाहने हो भने पठन संस्कृति विकास गराउन सक्छन्,’ उनले भनिन्, ‘घरबाहिरका कार्यक्रममा पनि उनीहरुलाई आकषिर्त गराउनुपर्‍यो ।’

मनोमरामर्शविद करुणाले आˆनो घरको अनुभव पनि सुनाइन् । ‘१३ वर्षकी छोरी र ८ वर्षको छोरा छ । एउटा कोठमामात्र चल्ने गरी इन्टरनेटको व्यवस्था मिलाएकी छु । टच स्त्रिmन सामान प्रयोग गर्न अहिलेसम्म दिएको छैन,’ उनले भनिन्, ‘सुरुदेखि बानी पार्दै लगेपछि समस्या गर्दैन । समस्या त मोबाइलको बानी परेसकेपछि पर्ने हो ।’

अहिलेको अवस्थामा एकातिर हजुरबाआमा, अर्कोतिर बालबालिका एक्लो भइरहेको उनीहरुको निचोड थियो । अभिभावकहरुसँग बालबालिकाकालाई सुनाउने कथा नै नरहेको बिनाको भनाइ थियो । ‘अभिभावकहरुसँग बाबुनानीलाई भन्ने कथा छैन । हजुरबा आमासँग टाढा छन्,’ उनले भनिन्, ‘अहिले जमाना बदलियो, युट्युब हेरिरहेका छन् । बालबालिका डल हुँदै गइरहेका छन् ।’



Leave a comment

Your email address will not be published.


*