‘सहयात्रा (दोस्रो) मा सयुक्त लगानी गर्न सकिन्छ’- अध्यक्ष ओली

‘सहयात्रा (दोस्रो) मा सयुक्त लगानी गर्न सकिन्छ’- अध्यक्ष ओली

ज्वाला शन्देश ।
गुराँसे, दैलेख ।
गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले सहयात्रा दोस्रो परियोजनाले गाउँपालिकाभर गरेका कामहरु उल्लेखनिय भएको भन्दै सयुक्त रुपमा लगानी गरेर शिक्षाको क्षेत्रमा काम गर्न सकिने बताएका छन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल मार्फत सञ्चालित सहयोत्रा (दोस्रो) परियोजनाले गरेका कामको अनुगमन तथा समिक्षा बैठकका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

सहयात्रा परियोजना मार्फत गाउँपालिकामा सञ्चालित बिभिन्न क्रियाकलापहरुको प्रभावकारी कार्यान्वयन भईरहेका अनुगमनका क्रममा भेटिएको उनको भनाई छ । सेभ द चिल्डेनको आर्थिक सहयोग तथा गुराँस गाउँपालिकाको समन्वयमा सोसेक नेपालले सो परियोजना मार्फत गुराँस गाउँपालिकाका १ देखी ८ वटै वडाहरु शिक्षा, बालसंरक्षण तथा बालअधिकार शासन लगायतका क्षेत्रमा काम गरिरहेको छ । “सहयात्रा (दोस्रो) ले गाउँपालिकामा काम शुरु गरेको एक बर्षको अवधिमा शिक्षाको क्षेत्रमा निकै काम गरिरहेको मैले अनुभुती गरे” अध्यक्ष ओलीले थपे “मैले प्रत्यक्ष रुपमा फिल्डमै गएर के भईरहेको बुझ्न पनी पाए, यो कामलाई प्रभावकारी बनाउन हामीले गर्नुपर्ने सहयोगमा म प्रतिबद्ध छु ।”

शिक्षा लगायत दिगो बिकासका सबै लक्ष्य पुरा गर्नका लागी सरकारले मात्र सम्भव नभएकोले अन्य निकायहरुले पनी काम गरिरहेको र प्रभावकारी समन्वय मार्फत परियोजना र गाउँपालिकाले हातेमालो गरेर काम गर्न सकिनेमा उनको जोड रहेको छ । “शिक्षा क्षेत्रमा बिद्यालय स्तरमा सहयात्राले गरेको काम निकै प्रभावकारी देखियो, अब १ देखी ५ कक्षा सम्मको आधारभुत तहमा तपाईहरु लगानी गर्नुस्, त्यो भन्दा माथी गाउँपालिकाले पनी लगानी गर्दछ, हामी त्यसको तयारी गर्दछौँ ।” उनले भने “सहयात्रा मार्फत गाउँपालिकाको शिक्षा क्षेत्रमा उल्लेखनिय प्रगती भएको छ, भवन बनेका छन्, बिद्यालयहरुमा परिवर्तन देखिएको छ, बिद्यालयले सामाग्री पाएका छन्, यो नै परिवर्तनको आधार हो ।”

प्रतिक्रिया