भ्रमण बर्ष २०२० : दैलेखमा यसरी भयो शुभारम्भ (फोटो फिचर)

भ्रमण बर्ष २०२० : दैलेखमा यसरी भयो शुभारम्भ (फोटो फिचर)

हिक्मतबहादुर नेपाली
दैलेख पुष १६ :
नेपाल भ्रमण बर्ष २०२० आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ । कर्णाली प्रदेश सभा सांसद अम्मरबहादुर थापाले दैलेखको टुडिखेलमा आयोजित समारोहका बीच भ्रमण बर्षका औपचारिक शुभारम्भ गरेका छन् ।

समारोहमा कर्णाली प्रदेश सांसद मिनासिंह रखाल, जिसस उप–प्रमुख लक्ष्मीदेवी शाह, नारायण नगरपालिका मेयर रत्नबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल लगाएतले सम्बोधन गरे । दैलेखको मौलिक संस्कृति झल्कने तरबार नाच, टाकटुके लगाएतका नाचगानहरु सहितको ¥याली दैलेख सदरमुकामको गणेश चोक हुँदै ऐतिहासिक कोतगढी परिक्रमा पश्चात टुडिखेलमा भ्रमण बर्ष शुभारम्भ समारोहमा परिणत भएको थियो । सरकारले सन २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाएर उक्त अवधीमा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष लिएको छ ।


तस्विरहरू : हिक्मतबहादुर नेपाली ।

प्रतिक्रिया