बाल यौन शोषण: ‘आउट अफ द श्याडो’ प्रतिवेदनमा नेपाल ३९औं स्थानमा

बाल यौन शोषण: ‘आउट अफ द श्याडो’ प्रतिवेदनमा नेपाल ३९औं स्थानमा

एजेन्सी । बाल यौन शोषण र दुर्व्यवहारलाई लिएर ‘आउट अफ द श्याडो’ प्रतिवेदन सार्वजनिक गरिएको छ ।

प्रतिवेदनअनुसार ४६।४ अङ्क प्राप्त गर्दै नेपाल ६० देशमध्ये ३९ स्थानमा रहेको छ । दक्षिण एशिया क्षेत्रमा बङ्गलादेश ९३५।३० र पाकिस्तान ९२८।६० भन्दा माथि तर भारत ९५८।२० र श्रीलङ्का ९५१।५० रहेका छन् ।

बालबालिकाको यौन शोषण अन्त्य गर्ने प्रतिबद्धताका साथ विश्वका ९७ देशमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिपिएटी, बालअधिकारका लागि नेपालमा पैरवी गर्दै आएको संस्था सिविन, महिला बेचबिखन रोकथाममा क्रियाशील संस्था माइती नेपाल र शक्ति समूहले आज ललितपुरमा उक्त प्रतिवेदनमा छलफल गरी नेपाल सरकारले बालबालिकालाई यौन शोषणबाट मुक्त गर्न आवश्यक ऐनकानुन अविलम्ब ल्याउनुपर्नेमा जोड दिएका छन् ।

advertisement
I’am a teenager || i’ am for change ||

बाल यौन शोषण र दुर्व्यवहारसम्बन्धी राष्ट्रिय नीतिगत खाका बन्नुपर्ने, अपराध नियन्त्रण प्रयासमा अवरोध गर्नेलाई कडा कानूनी कारवाही हुनुपर्ने आवश्यकता औंल्याउँदै बालबालिका ओसारपसार र अनलाइन दुर्व्यवहार तथा शोषणको अन्त्यका लागि राष्ट्रिय नीति तर्जुमा र त्यसको कार्यान्वयन अपरिहार्य भएको उनीहरुले बताए ।

राष्ट्रहरुले बाल यौन शोषण र दुर्व्यवहार कसरी सम्बोधन गरिरहेको छ भन्ने कुरा आर्थिक बुद्धिमत्ता इकाइले तयार पारेको आउट अफ द श्याडो सूचकाङ्कले मापन गर्दछ । प्रतिवेदनले सरकार, निजी क्षेत्र र नागरिक समाजले बालबालिकालाई यौन हिंसाबाट सुरक्षित राख्न र संयुक्त राष्ट्र सङ्घीय र दिगो विकास लक्ष्य १६।२ का हकमा आफ्ना प्रतिबद्धता पूरा गर्न अझै बढी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने औँल्याएको छ ।

प्रतिक्रिया