जन्म प्रमाणित सिफारिसमा पनि घुस : सचिवविरुद्ध मुद्दा

जन्म प्रमाणित सिफारिसमा पनि घुस : सचिवविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषस्थित धनौजी गाउँपालिका २ वडा कार्यालयका सचिव (खरिदार) सुशील ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। जन्म प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस लिएका ठाकुरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।  उनले सेवाग्राहीसँग २० हजार घुस लिएका थिए।

घुस मागरेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीद्वारा निज खरिदार ठाकुरलाई सेवाग्राहीसँग २० हजार घुस लिउको अवस्थामा नियन्त्रणमा लिएको हो। ठाकुरले सेवाग्राहीलाई नियमानुसार जन्म प्रमाणितको सिफारिस उपलब्ध नगराई आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक रकमको बार्गेनिङ गरी घुस  दिन बाध्य पारेको अख्तियारको अनुसन्धानमा देखिएको छ।उनीविरुद्ध  भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागसहित विशेष अदालतमा आरोपपत्र दायर भएको छ। 

प्रतिक्रिया