प्रदेश २ को नाम ‘जानकी’ अस्वीकृत, पक्षमा ३७ मत मात्र

प्रदेश २ को नाम ‘जानकी’ अस्वीकृत, पक्षमा ३७ मत मात्र

जनकपुरधाम : प्रदेश २ को प्रदेशसभामा मंगलबार भएको मतदानमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अघि सारेको प्रदेशको नाम ‘जानकी’ अस्वीकृत भएको छ। मंगलबार भएको मतदानमा जानकीको पक्षमा ३७ मत मात्र परेको हो। एक सय ७ प्रदेशसभा सदस्यमध्ये ३७ ले मात्र जानकीको पक्षमा मतदान गरेका हुन्। प्रदेशसभाको पहिलो बैठक बसेको २५ महिनापछि नाम र राजधानी टुंग्याउन प्रदेशसभामा मतदान भए हो। कार्यव्यवस्था परामर्श समितिको बैठकमा पहिले राजधानी र पछि नामको प्रस्ताव पेश गर्ने सहमति भएको थियो। राजधानी जनकपुर कायम गर्ने प्रस्तावमा नेकपा, राजपा, समाजवादी र कांग्रेसको एउटै प्रस्ताव छ।

नामबारे फरक–फरक धारणा छन्। नेकपाले नाम जानकी प्रदेश राख्न प्रस्ताव गरेको थियो। नेकपाको प्रस्ताव अस्वीकृत भएपछि अब कांग्रेसले अघि सारेको मिथिला भोजपुरा प्रस्तावमाथि मतदान हुनेछ। कांग्रेसको प्रस्तावसमेत अस्वीकृत भएमा राजपा र समाजवादीले अघि सारेको मधेश प्रदेश माथि मतदान हुनेछ।  सभामा १०७ जना सांसद छन्। सरकारको नेतृत्व गरेको समाजवादी पार्टीका ३०, राजपा २५, नेकपा ३२, कांग्रेसका १९, संघीय समाजवादीको १ सिट छ। नाम र राजधानी प्रदेशसभाको दुईतिहाई बहुमतले पारित हुने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया