दुल्लु नगरपालिकाले सुरु ग¥यो राहत वितरण, सोसेकद्धारा खाद्य सामग्री हस्तान्तरण

दुल्लु नगरपालिकाले सुरु ग¥यो राहत वितरण, सोसेकद्धारा खाद्य सामग्री हस्तान्तरण

दैलेख : जिल्लाको दुल्लु नगरपालिकाले आइतवारबाट राहत वितरण सुरु गरेको छ । कोरोना भाइरस संक्रमणको कारण सरकारले लकडाउन घोषणा गरेपछि खाद्यान्नको समस्या भएका परिवारलाई राहत वितरण सुरु गरेको नगरका मेयर घनश्याम भण्डारीले बताए । लकडाउनको समयमा दैनिक गुजारा चलाउन मुस्किल परेका परिवारलाई नगरले राहत वितरण थालेको मेयर भण्डारीको भनाई छ ।

राहत वितरणका लागि पहिलो चरणमा जिल्ला विपद् व्यवस्थापन समितिबाट स्वीकृत भई सामाजिक सेवा केन्द्र (सोसेक) मार्फत सहयोग प्राप्त एको उनले बताए । मेयर भण्डारीका अनुसार आइतवार पहिलो दिन दुल्लु नगरपालिका वडा नम्बर ७ का ४५ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । डिसिए नेपालको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र दुल्लु नगरपालिकाको समन्वयमा ती परिवारलाई राहत वितरण गरिएको मेयर भण्डारीले जानकारी दिए ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने गरी नगरपालिका मार्फत राहत वितरण गरेको हो । सोहि अनुसार सोसेकले २५ केजीको १ सय ४६ बोरा सोनामनसुली चालम, १ सय ४६ लिटर तेल, १ सय ४६ प्याकेट आयोडिन नुन, १ सय ४६ केजी दाल, १ सय ४६ केजी चिनि र ३० केजी चियापत्ती नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

नगरपालिकालाई हस्तान्तरण गरिएको खाद्य सामग्री नगरपालिका मार्फत नै नगर क्षेत्रका बादी समुदाय, एकल महिला, एचआइभी संक्रमित, अपांगता भएका व्यक्ति तथा अति विपन्न परिवारलाई वितरण गरिने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए । यस्तै सोसेकले १२ थान पीपीई सेट, ३ सय थान मास्क, २ प्याकेट ग्लोब्स, ३० पीस सेनीटाइजर, क्वारेन्टाइन निर्माणका लागि २० सेट बेड हस्तान्तरण गरिसकेको छ ।

नगरपालिकाले राहत वितरणका लागि मापदण्ड समेत बनाएको छ । पहिलो चरणमा १३ वटै वडाका झण्डै एक हजार घरपरिवारलाई खाद्यान्न वितरण गर्ने नगरपालिकाले जनाएको छ । राहत वितरण मापदण्डमा ८ जना सदस्य सम्मको परिवार रहेको घरमा २५ केजी चामल, २ केजी दाल, एक केजी नुन, एक केजी चिनि, दुई सय ग्राम चियापत्ती र एक लिटर तेल दिने व्यवस्था गरिएको छ । सो भन्दा बढि सदस्य भएका परिवारलाई ३ केजीका दरले चामल थप दिने गरी मापदण्ड बनाईएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया