प्रभु बैंकद्वारा नारायण नगरपालिकालाई खाद्यान्न हस्तान्तरण

प्रभु बैंकद्वारा नारायण नगरपालिकालाई खाद्यान्न हस्तान्तरण

दैलेख चैत्र २७ ।
प्रभु बैंक लिमिटेड दैलेख शाखाले नारायण नगरपालिकालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसबाट प्रभावित परिवारका लागि नगरपालिका मार्फत वितरण हुने गरि खाद्यान्न सामाग्री हस्तान्तरण भएको हो । दैनिक ज्यालाबाट जीवन गुजारा गरि खाने तथा अति विपन्न वर्गलाई खाद्य सामाग्रीको अभाव हुने परिवारसम्म पुराउन प्रभु बैंक दैलेख शाखाले नारायण नगरपालिका मार्फत खाद्य सामाग्री हस्तान्तरण गरेको हो ।
बैंकका शाखा प्रर्बन्धक उमेश प्याकुरेलले प्रदेश सांसद अम्मरबहादुर थापाको उपस्थितिमा नगरपालिका नगर प्रमुख रत्नबहादुर खड्का, उपप्रमुख सावित्री मल्ल र प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीलाई सयुक्त रुपमा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो । चामल २५ केजीका दरले ६५ बोरा, १ सय ३० केजी दाल, नुन ६५ प्याकेट, क्वारेन्टाइन निर्माणका लागि ५ वटा बेडहरु तयार गरेको छ । यो विपतको घडीमा बैंकले प्रभावित जनताहरुलाई नगरपालिका मार्फत गरेको सहयोग निकै प्रशंसापूर्ण रहेको नगर उपप्रमुख सावित्री मल्लले बताईन् । बैंकका शाखा प्रर्बन्धक उमेश प्याकुरेलले नगरका प्रभावित जनताहरुका लागि बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत सानो सहयोग गरेको बताए ।

प्रतिक्रिया