सांसद थापाद्धारा चामुण्डाविन्द्रासैनीलाई औषधी सहयोग

सांसद थापाद्धारा चामुण्डाविन्द्रासैनीलाई औषधी सहयोग

चामुण्डा दैलेख ।
दैलेख निर्वाचन क्षेत्र नं. २ (क) सांसद सुशिलकुमार थापाले चामुण्डाविन्द्रासैनीलाई औषधी सहयोग गरेका छन् । शुक्रबार सांसद थापाले कोरोना भाइरस फैलिन दिन चामुण्डाविन्द्रासैनी पुगेर औषधी तथा अन्य सामाग्रीहरु सहयोग गरेका हुन् । उनले वितरण गरेको अतिआवश्यक औषधीहरु, स्वास्थ्य सामाग्रीहरु रहेका छन् ।
चामुण्डाविन्द्रासैनी नगरपालिका नगर–प्रमुख सूर्यबहादुर शाहीले सांसद थापालाई धन्यवाद ज्ञापन गदै आफै ब्यक्तिगत खर्च तथा अगुवाईमा भएको वितरण यो विपतको बेलामा निकै राम्रो काम भएको बताए ।
यसैगरी भैरवी गाउँपालिका र दुल्लु नगरपालिकामा औषधी तथा अन्य सामाग्रीहरु सहयोग गरि सकिएकाले ठाँटिकाँध गाउँपालिका र आठविस नगरपालिकामा समेत सहयोग गर्ने कार्यक्रम रहेको सांसद थापा जानकारी दिए ।

प्रतिक्रिया