कर्णालीका सभामुखले दिए स्वास्थ्य सामग्री

कर्णालीका सभामुखले दिए स्वास्थ्य सामग्री

चामुण्डा दैलेख वैशाख १० गते ।
कर्णाली प्रदेश सभा सभामुख राजबहादुर शाहीले चामुण्डाविन्द्रासैनीलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । शुक्रबार सभामुख शाहीले कोरोना भाइरस फैलिन नदिन चामुण्डाविन्द्रासैनी स्वास्थ्य सामाग्रीहरु सहयोग गरेका हुन् । उनले वितरण गरेको अत्यावश्यक पीपीई सेट लगायतका स्वास्थ्य सामाग्रीहरु रहेका छन् ।
चामुण्डाविन्द्रासैनी नगरपालिका नगर–प्रमुख सूर्यबहादुर शाहीलेसभामुख शाहीलाई धन्यवाद ज्ञापन गदै आफै ब्यक्तिगत खर्च तथा अगुवाईमा भएको वितरण यो विपद्को बेलामा निकै राम्रो काम भएको बताए ।
यसैगरी भैरवी गाउँपालिका र दुल्लु नगरपालिकामा औषधी तथा अन्य सामाग्रीहरु सहयोग कार्य सम्पन्न भएकाले अब ठाँटिकाँध गाउँपालिका र आठविस नगरपालिकामा समेत सहयोग गर्ने कार्यक्रम रहेको सभामुख शाहीले बताए ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी नेकपा निर्वाचन क्षेत्र नं. २ को प्रदेश –ख) का अध्यक्ष बखत भण्डारीले नगरपालिकालााई स्वास्थ्य सामाग्रीहरु सहयोग गरेका छन् । स्वास्थ्य सामाग्री सहयोग गर्ने अध्यक्ष भण्डारीलाई नगर प्रमुख शाहीले धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया