बर्दियाकाे वनमा एक बोरा पैसा भेटियो

बर्दियाकाे वनमा एक बोरा पैसा भेटियो

बर्दिया वैशाख १० गते । बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–३ मानखोला किनारको भगवती सामुदायिक वनमा मंगलबार बेवारिस अवस्थामा एक बोरा पैसा फेला परेको छ। सिरानीको खोलभित्र पैसा हालेर बाहिरबाट बोरामा राखिएको थियो। 

सामुदायिक वनदेखि नजिकैै रहेको बाँसगढीको इलाका प्रहरी कार्यालय मोतिपुरले बुधबार बिहान ८ बजेतिर बोरा खोलेर पैसा गन्दा १६ हजार सात सय २७ रुपैयाँ रहेको इन्चार्ज प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए। 

बोरामा पाँच रुपैयाँका नोट दुई हजार नौ सय २१ वटा अर्थात् १४ हजार ६ सय पाँच रुपैयाँ पाइएको थियो। १० रुपैयाँका एक सय १८ वटा नोटको एक हजार ८० रुपैयाँ, २० का २६ वटाको आठ सय ३२, भारतीय रुपैयाँ १० को नोट १२ वटा १ सय ९२ र अन्य भारु १, २ र नेपाली सिक्का पाइएको छ।
 
पैसासँगै भगवानको फोटो पनि भेटिनु र एकैनासका नोट भेटिनुले पैसा मागेर संकलन गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। 

पाँच रुपैयाँका नोट रहेको बोरा कोरोना सार्न प्रयोग गरेको आशंकामा १२ घण्टापछि पैसाको बोरालाई सेनिटाइज गरेर मात्र खोलिएको थियो। पैंसाको बोरा भेटिनुअघि सो क्षेत्रमा राजमार्गमा अलपत्र परेका कैलाली र कञ्चनपुरको टोली बसेको थियो। प्रहरीले ती टोलीका व्यक्तिलाई सम्पर्क गरेर रकमबारे पत्ता लगाइरहेको जनाएको छ। 

प्रतिक्रिया