चर्को विरोधपछि दुवै अध्यादेश फिर्ता लिने मन्‍त्रिपरिषद्‌को निर्णय

          |   प्रकाशित मितिः शुक्रबार, बैशाख १२, २०७७     ::: 143 पटक पढिएको   |  

काठमाडौं  वैशाख १२ गते ।  सबैतिरबाट चर्को विरोध र आलोचनापछि दुई विवादित अध्यादेश फिर्ता लिन सरकार वाध्य भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दल विभाजनलाई खुकुलो पार्ने  र संवैधानिक परिषदमा प्रतिपक्षको भूमिकालाई निषेध गर्ने अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।सरकारको निर्णयको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।दुवै अध्यादेशको पार्टीभित्रैबाट आलोचना भएको थियो भने नागरिक स्तरबाट यसको चर्को आलोचना भएको थियो। 



Leave a comment

Your email address will not be published.


*