२०७२ को भुईंचालोको सम्झना

          |   प्रकाशित मितिः शुक्रबार, बैशाख १२, २०७७     ::: 100 पटक पढिएको   |  

काठमाडौँ वैशाख १२ गते । विनाशकारी भूकम्प गएको शनिबार ५ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । २०७२ सालको भूकम्पबाट ८ हजार ८ सय ९६ नेपाली तथा विदेशी नागरिकको मृत्यु भएको थियो ।

बारपाक केन्द्रबिन्दुबाट जमिनमुनि करिब १०–१५ किलोमिटरभित्र भूकम्प सिर्जना हुुँदा हिरोसिमामा गरिएको ३३५ वटा एटोमिक बम बराबरको शक्ति जमिनभित्र तरङ्गको रुपमा चारैतिर फैलिन पुगेको विज्ञहरु बताउँछन् । १९९० सालपछि २०७२ सालको भूकम्पले नेपालमा ठूलो जनधनको क्षति गऱ्यो ।

०७२ सालको भूकम्पबाट ८ हजार ८ सय ९६ नेपाली तथा विदेशी नागरिकको मृत्यु भएको थियो । त्यस्तै २३ हजार ३ सय ३ जना घाइते भएका थिए । त्यस्तै करोडौंको भौतिक संरचनामा क्षति पुगेको थियो । त्यस्तै ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक देवालय पनि भुईंचालोले ध्यवस्त बनाएको थियो । भुईंचालोले त्यति ठूलो क्षति पुऱ्याउँदासमेत अझै पनि भौतिक संरचना निर्माणमा सावधानी अपनाएको पाइँदैन ।



Leave a comment

Your email address will not be published.


*