कोरोना संक्रमितको संख्या ५९ पुग्यो : पुरुष ४९, महिला १०

कोरोना संक्रमितको संख्या ५९ पुग्यो : पुरुष ४९, महिला १०

काठमाडौं वैशाख १९ गते: शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५९ पुगेको छ। बाँकेको नेपालगञ्जका ६० वर्षीय र रुपन्देहीका २५ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ देखिएको हो। बाँकेका पुरुषको स्वाब परीक्षण भेरी अस्पतालमा भएको हो भने रुपन्देहीका युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाबको नमुना परीक्षण भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेका ६० वर्षीय संक्रमितलाई सुशील कोइराला अस्पतालको आइसोलेनमा ल्याइएको छ। रुपन्देहीका संक्रमितलाई भने बुटवल धागो कारखानाबाट अस्पताल ल्याइदै छ। प्रवक्ता देवकोटाका अनुसार यो सँगै पुरुष ४९ र महिला १० गरेर संक्रमितको संख्या ५९ पुगेको हो। जसमध्ये १६ जना भने निको भएर डिस्चार्ज भएका छन्। अन्य ४३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। सबैभन्दा बढी विराटनगरको कोशी अस्पतालमा ३१ जना छन्। वीरगन्जमा ८ जनाको उपचार भइराखेको छ भने रुपन्देही, नेपालगञ्ज, धनगढी र भरतपुरमा एकएक जनाको उपचार हुँदैछ। 

प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म ४७ हजार ७ सय ९७ जनाको नमुना परीक्षण भएको छ। सातै प्रदेशमा गरेर २४ हजार ९ सय सात जना क्वारेन्टाइनमा छन्।  सम्भावित संक्रमितको आइसोलेसनमा उपचार भइराखेको छ। उपत्यकामा पाँच र उपत्यका बाहिर ८९ गरेर ९४ जना आइसोलेसनमा छन्।  

प्रतिक्रिया