नेपालगञ्जमा प्रहरी र स्थानीयबीच झडप

नेपालगञ्जमा प्रहरी र स्थानीयबीच झडप

बाँके २३ वैशाख,। निषेधाज्ञा जारी गरिएको नेपालगञ्जमा स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । त्रिवेणी चोकका एक युवालाई प्रहरीले पक्राउ गरेपछि बिहान साढे १० बजे प्रहरी र स्थानीयबीच झडप भएको हो । निषेधाज्ञाका बीच प्रहरीले बिहान ११ बजेसम्म अत्यावश्यक सामाग्री किन्नका लागि बजार खुला गरेको थियो । रानीतलाउ क्षेत्रमा रहेको तरकारी बजारमा तरकारी किन्नेको भीड बढेपछि प्रहरीले हटाउन खोज्दा विवाद उत्पन्न भएको थियो । विवाद गरेको भन्दै प्रहरीले त्रिवेणी चोकका एक युवालाई त्यहाँबाट पक्राउ गरेको र त्यसको विरोधमा निषेधाज्ञाबारे माइकिङ गर्दै हिँडेको प्रहरीको गाडीमा स्थानीयले ढुंगामुढा गरेको एसपी वीरबहादुर ओलीले बताए ।

‘माइकिङ गर्दै हिँडेको प्रशासनका कर्मचारी र प्रहरीलाई घेराउ गरेपछि केहीबेर तनाव पैदा भएको थियो । अहिले स्थिति नियन्त्रणमा आइसकेको छ,’ वलीले भने ।स्थानीयले भने प्रशासनले पसल खोल्नु भनेको समयसमा खोल्दा पनि प्रहीले कुटपिट गरेको बताएका छन् 

प्रतिक्रिया