एम्बुलेन्समा एकजना कुरुवा राखेर सेवा सञ्चालन गर्न निर्देशन

एम्बुलेन्समा एकजना कुरुवा राखेर सेवा सञ्चालन गर्न निर्देशन

दैलेख वैशाख २४ गते ।
जिल्ला प्रशासन कार्यालय दैलेखले एम्बुलेन्समा बिरामीको साथमा एक जना मात्रै कुरुवा राखेर सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीद्धारा हस्ताक्षरित विज्ञप्तिमा एक जना कुरुवा भन्दा बढि यात्रु राखेको पाईएमा कानून अनुसार कारवाही गर्ने उल्लेख छ ।
दैलेख जिल्ला प्रदेश गर्ने सबै नाका सिल गर्ने निणर्य गरिएको छ । हालसम्म कोरोना संक्रमण नदेखिएको दैलेखलाई सुरक्षित राख्न जिल्ला सुरक्षा समितिको बैठकले सबै नाकाहरु सिल गर्ने निणर्य गरेको हो ।
दैलेख र सुर्खेतको सिमा क्षेत्र गुराँसे, दैलेख र जाजरकोटको सिमा क्षेत्र सुयडा, सुदुरपश्चिम प्रदेशको अछाम जिल्लासँग सिमा जाडिएको आठबीस नगरपालिकाका राकमकर्णाली, डाव लगाएतका जिल्ला भित्रिने मुख्य नाका बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए ।
जिल्ला प्रशासन कार्यालय द्धारा जारी सूचना

प्रतिक्रिया