नेपाल भारत सिमानामा काँडेतार लगाउन माग

नेपाल भारत सिमानामा काँडेतार लगाउन माग

लिपुलेकमा सडक बनाएको बिरोधमा ज्ञापन पत्र



ज्वाला सन्देश संवाददाता
दैलेख वैशाख ३० ।
भारतले नेपालको लिपुलेकमा निर्माण गरेको सडकको विरोध गर्दै युवा संघ नेपाल दैलेख र अनेरास्ववियू दैलेखले सिमानामा काँडेतार लगाउन सरकारसँग माग गरेका छन् । भारतले गत शुक्रबार लिपुलेक हुँदै मानसरोवरतर्फ जाने सडक निर्माण गरी शिलान्यास गरेको विषयलाई विरोध गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल दैलेख र अनेरास्ववियू दैलेखले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय दैलेख मार्फत परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै सिमानामा काँडेतार लागउन माग गरेका हुन् ।
अनेरास्ववियू दैलेखका सह–संयोजक हेमन्त दसौदीले सिमा रक्षाका लागि सिमानामा सुरक्षा फौज राख्नुपर्ने, सिमा सम्बन्धि समस्याको दिर्घकालिन रुपप समाधान गर्न उच्च तहमा निर्णायक पहल गरिनुपर्ने बताए ।

भारतबाट देशको सिमानाका दर्जनौं ठाउँमा मिचिएको तथ्यहरु सार्वजनिक हुँदा समेत सरकारले कुटनीतिक पहललाई प्रभावकारी बनाउन नसकेकोले समस्या आइरहेको उनको भनाई छ । युवा संघ र अनेरास्ववियू दैलेखले गत वर्ष भारतले नेपाली भूमि समेटेर सार्वजनिक गरेको नक्सा खारेजी गर्न र नेपाली भूमिमा बनाएको सडक सञ्चालनमा रोक लगाउन पनि माग गरेका छन् ।
यस्तो छ ज्ञापन पत्र ।

प्रतिक्रिया