कोरोनाबाट जोगिन कनेक्टलेस धारा

कोरोनाबाट जोगिन कनेक्टलेस धारा

दैलेख जेठ १ गते । हातले छोए संक्रमण सर्न सक्छ, विकल्पमा खुट्टाले थिच्दा धारामा पानी झर्छ अनि सजिलै हात धुन सकिन्छ । शरीरको सबै भन्दा फोहोर वा संक्रमणहरु हातबाट सर्ने भएकोले प्रयोगकर्ताहरुलाई कोरोनाबाट जोगाउन दैलेखमा ‘कनेक्टलेस ह्याण्डवास कर्नर’ प्रयोगमा ल्याइएको छ । एसएनभीको सहयोगमा एभरेष्ट क्लवले सञ्चालन गरेको दीगो र समावेशी ग्रामीण खानेपानी आपूर्ति सेवा परियोजनाले दैलेखका ४ वटा पालिकाका २६ वटा वडामा एक–एक वटा नयाँ प्रयोगका ‘कनेक्टलेस ह्याण्डवास कर्नर’ वितरण गरेको छ ।
‘कनेक्टलेस ह्याण्डवास कर्नर’ कोरोना भाइरस संक्रमण रोकथामका लागि सघाउने ध्येय साथ परियोजनाको कार्यक्षेत्र महाबु, डुंगेश्वर, ठाँटीकाँध र गुराँस गाउँपालिकाका २६ वटामा वितरण गरिएको वास सुपरभाइजर दीपक रानाले जानकारी दिए । नेपाल र भारत दुबै देशमा लकडाउनको कारण रोकिएका नेपालीहरु ठूलो संख्यामा घर आउने निश्चितप्राय भएकोले कार्यक्षेत्रको गाउँपालिकाहरुका वडाहरुमा क्वारेण्टाइन व्यवस्थापन, सरसफाई सहयोग पु¥याउन स्थानीय स्तरमाविकसित गरी ‘कनेक्टलेस ह्याण्डवास कर्नर’ दिइएको एभरेष्ट क्लबका कार्यकारी निर्देशक कमल खड्काले बताए ।
‘कनेक्टलेस ह्याण्डवास कर्नर’संगै डस्टबीन, फिल्टर, सावुनलगायतका सरसफाई सम्वन्धी सामग्री दिइएको बताइएको छ । उक्त सामग्रीहरु दीगो र समावेशी ग्रामीण खानेपानी आपूर्ति सेवा परियोजनाको करिव ९ लाख बराबरको लागतमा दिइएको कार्यकारी निर्देशक खड्काले जनाए । नयाँ प्रविधिको यो हातधुने धाराले संक्रमण रोकथाममा सहयोग पुग्ने डुंगेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर सुनारको भनाई छ । यो नयाँ प्रविधि भएकोले गाउँपालिकाहरुले पनि यस्तो ‘कनेक्टलेस ह्याण्डवास कर्नर’ आफैले पनिकिन्ने तयारी गरेको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली बताए ।

प्रतिक्रिया