नेपालगन्जमा २१ जना डिस्चार्ज : कोरोना जित्नेको संख्या ७० पुग्यो

नेपालगन्जमा २१ जना डिस्चार्ज : कोरोना जित्नेको संख्या ७० पुग्यो

नेपालगन्ज जेठ ९ गते नेपालगन्जका २१ जना कोरोना संक्रमित कोरोना जितेर घर फर्केका छन् । यो सँगै कोरोना जित्नेको संख्या ७० पुगेको  छ। प्रदेश ५ सरकारको सहयोगमा भेरी अस्पतालले व्यवस्थापन गरेको बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कोरोना विशेष आइसोलेसन अस्पतालबाट २१ जना संक्रमित निको भएर गएका हुन् । 

नेपालगन्जका कूल संक्रमितमध्ये पहिलो कोरोना संक्रमित ६० वर्षीय वृद्धसहित २१ जना निको भएका हुन् । दुईजनाको दोस्रो परीक्षणमा पनि कोरोना पोजिटिभ देखिएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्टेन्ट डा.प्रकाशबहादुर थापाले बताए ।
दुईजना अझै आइसोलेसनमै उपचार गराइरहेका छन् । २६ र ३१ वैशाखमा कोरोना पुष्टि भएकासहित नेपालगन्जका अझै चारजना आइसोलेसनमा उपचार गरिरहेका छन् । १९ वैशाखमा पहिलो व्यक्तिमा र २३ वैशाखमा २२ जना संक्रमण पुष्टि भएको हो । 

प्रतिक्रिया