प्रधानमन्त्री र कर्णालीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र (ज्ञापनपत्र सहित)
दैलेख जेठ ९ गते ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति दैलेखले प्रधानमन्त्री केपी शर्मा ओली र कर्णालीका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापन पत्र बुझाएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाईएको हो । शुक्रवार नेपाली काँग्रेस जिल्ला कार्य समिति दैलेखका सचिव भुपेन्द्र शाही, कोषाध्यक्ष पूर्णबहादुर खत्री, पूर्वसभापति जगतजंग थापा, महासमिति सदस्य खेमराज केसी, महाधिवेशन प्रतिनीधि एवं नेपाल महिला संघ दैलेखका सभापति सिताकुमारी राना सहितको टोलीले जिल्ला प्रशासन कार्यालय दैलेखमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा नेपालमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढिरहेको अवस्थामा परीक्षणको दायरा बढाउनुपर्ने उल्लेख गरिएको छ । भारतबाट आएका व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गरिनुपर्ने नेपाली काँग्रेस जिल्ला कार्य समिति दैलेखले माग गरेको छ ।
यस्तै कर्णाली प्रदेशको पहिलो संक्रमित व्यक्तिको उपचारका लागि कर्णाली प्रदेश सरकारले तोकेको अस्पतालमा लैजानुपर्ने उल्लेख छ । काँग्रेसले जिल्लाको आठबीस नगरपालिका–१ सात्तलाका ३५ बर्षीया युवालाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा लैजानुपर्ने भएपनि नारायण नगरपालिकाको तर्ताङ्ग स्थित झुप्रेसालमा रहेको सरस्वती मावीमा राखिएको भन्दै आपत्ती जनाएको छ ।
यस्तो छ ज्ञापनपत्र
प्रतिक्रिया