भारतबाट सुर्खेत आएका युवाको मृत्यु

भारतबाट सुर्खेत आएका युवाको मृत्यु

सुर्खेत जेठ १४ गते ।  भारतबाट फर्किएका एक युवाको मृत्यु भएको छ । भारतको गुजरातबाट आएका ती युवाको मंगलबार राती वीरेन्द्रनगरमा मृत्यु भएको हो । सुर्खेतको चिङ्गगाड गाउँपालिका ५ का २२ वर्षीय युवाको मृत्यु भएको हो । उनी मंगलबार मात्र रुपैडिया नाकाबाट सुर्खेत आएका थिए ।

प्रदेश सभा सांसद खड्कबहादुर खत्रीले गाडीमा आउँदै गर्दा उनलाई असजिलो भएपछि वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा भर्ना गरिएको थियो । तर उनको राती १२ बजे नै अस्पतालमै मृत्यु भएको उनले जनाए ।सामाजिक विकास मन्त्रालयले पनि भारतबाट फर्किएका युवाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर  युवाको मृत्यु भएको जनाएको हो ।

मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले गाडीमा आउँदाआउँदै सिकिस्त भएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको दाबी गरेका छन् ।

साथै ती युवा वाथ रोगको समस्या रहेको भन्दै उनको कोरोना भाइरस संक्रमणले मृत्यु भए नभएको एकीन गर्न स्वाब झिकिएको जानकारी दिए । भारतबाट भित्रिएका उनको आरडीटी परीक्षण समेत गरिएको थिएन ।प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले भने आफूहरु अस्पतालमा जाँचका लागि पुग्दा युवा मृत अस्थामा भेटिएको बताए । पीसीआर परीक्षणपछि मात्र उनको मृत्युको कारण पत्ता लाग्ने उनको भनाइ छ । 

प्रतिक्रिया