बालबालिकालाई श्रममा नलगाउ ! (फोटोफिचर)

बालबालिकालाई श्रममा नलगाउ ! (फोटोफिचर)

दैलेख जेठ ३० गते ।
जिल्लाको भैरबी गाउँपालिकाका बालबालिकाहरुले बालबालिकाहरुलाई होटल, उद्योगहरुमा श्रममा नलगाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को महासन्धि पारित गरिएको सम्झनामा हरेक जुन १२ तारिखमा मनाईँने विश्व बालश्रमविरुद्धको दिवसको अबसरमा बालबालिकाहरुले यस्तो आग्रह गरेका हुन् ।
भैरबी गाउँपालिका–५ डाडीमाडीमा गठित चिल्ड्रेन सेफ बालक्लबमा आबद्ध बालबालिकाहरुले एक छलफल गर्दै बालश्रम अन्त्य गर्न आग्रह गरेका हुन् । कोरोना भाइरसको कारण भौतिक दुरी कायम गरेर छलफल गरेका बालबालिकाहरुले ‘बालबालिकाको इच्क्षा, अनिवार्य शिक्षा, अनिवार्य शिक्षामा जोड दिनुपर्ने’ लगाएतका अपिल गरेका हुन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा उक्त छलफल गरिएको एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धन (आधार) परियोजनाका सामाजिक परिचालक निर्मला नेपालीले बताइन् ।

तस्विरहरू :

प्रतिक्रिया