विप्लव समूहद्वारा आइसुलेसनमा लाठी घटनाको निन्दा

विप्लव समूहद्वारा आइसुलेसनमा लाठी घटनाको निन्दा

दैलेख जेठ ३२ ।
त्रिभुवन मावि दैलेख बजार आइसुलेसनका ४ जना संक्रमितहरु घाइतेमा प्रहरीले हिजो गरेको लाठी चार्ज घटनाको विप्लव नेतृत्वको नेकपाले निन्दा गरेको छ ।
आइसुलेसनमा राखिएका नागरिकले पीसीआर रिपोर्ट माग गरेको विषयमा सम्झाई बुझाई गर्नुपर्छ लाठी प्रहार गरिएको प्रसंगलाई राज्यको फासीवादी चरित्र देखाएको सो पार्टीका जिल्ला इञ्चार्ज दीपेन्द्रले आइतवार जारी गरेको प्रेस विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ ।
पीसीआर दोश्रो रिपोर्ट आउन ढिला गरिएको भन्दै घर जान आइसुलेसन हाताबाट बाहिर निस्कँदा प्रहरी र जनप्रतिनिधि समेतलाई गाली गरेको विषयमा प्रहरीले लाठी चार्ज गर्दा उनीहरु घाइते भएका थिए । विप्लव नेतृत्वको नेकपाले दैलेखमा फैलिंदै गरेको कोरोना संक्रमण रोकथामका लागि ठोस पहल गर्न, संक्रमितहरुको जीवन विमा र राहत सहयोग व्यवस्था गर्न माग गरेको छ ।

प्रतिक्रिया