विपन्न परिवारलाई दैलेख युथद्धारा खाद्यान्न सहयोग

विपन्न परिवारलाई दैलेख युथद्धारा खाद्यान्न सहयोग

दैलेख जेठ ३२ गते ।
दैलेखी युथले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरसका कारण ज्यालामजदुरी गर्नबाट बञ्चित विपन्न परिवारलाई दैनिक छाक टार्न समस्या परेको थियो । लकडाउनका कारण समस्या परेका विपन्न परिवारलाई मध्यनजर गर्दै शनिबार दैलेखी युथले ६० घरपरिवालाई खाद्यान्न वितरण गरेका छ । युथले दैनिक ज्यालादारी गरेर घर परिवार चलाउदै आएका नारायण नगरपालिका वडा नम्बर १ का ६० घरधुरीका विपन्न परिवारको तथ्यांक संकलन गरेर उनीहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेका हो ।
क्लबले प्रतिघरधुरी २५ केजी चामल, १ लिटर तेल, एक केजी दाल, एक केजी नुन, दुईवटा चाउचाउ र २ पिस साबुन र २ केजी तरकारी समेत वितरण गरेको छ । दैनिक ज्याला मजदुर गरेर जीविकोपार्जन गर्दै आएका गरिब, विपन्न र असहाय परिवारलाई एक छाक भएपनि सन्तोसजनक तरिकाले खान पाउन भन्दै समुदायक अति विपन्न परिवारलाई खाद्यन्न वितरण गरिएको दैलेखी युथका सचिव मनोज भण्डारी बताए । दैलेखी युथले यस अघि त्रिभुवन मावि, भाषा पाठशाला, नारायण क्याम्पस लगायतका ठाउँका क्वारेन्टाइन बसेकालाई खाजा नास्ताको व्यवस्था गरीसकेको भण्डारीको भनाई छ ।

प्रतिक्रिया