कर्णालीमा ११० जनामा कोरोना पृष्टी, संक्रमितको संख्या १०७७ पुग्यो

कर्णालीमा ११० जनामा कोरोना पृष्टी, संक्रमितको संख्या १०७७ पुग्यो

सुर्खेत असार १ गते । कर्णाली प्रदेशमा थप १ सय १० जनामा कोरोना पृष्टी भएको छ। प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार १ सय ७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लामा गरिएको पीसीआर परीक्षणमा ३ जना गरी सोमबार थप १ सय १० जनामा कोरोना पृष्टी भएको हो।

यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ७७ पुगेको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार सोमबार पृष्टी भएका थप नयाँ संक्रमितमध्य सुर्खेतका १९ जना रहेका छन्। जसमा बराहताल गाउँपालिका ३, चौकुने गाउँपालिका ३, लेकवेशी नगरपालिका ४, पञ्चपुरी नगरपालिका ८ र सिम्ता गाउँपालिका १ जना रहेका हुन्। यस्तै दैलेखका थप ८८ जनामा कोरोना पृष्टी भएको हो। जसमा दैलेख वेलकाँडा १, दुल्लुनगरपालिका १ र नारायण नगरपालिका २ जना हुन्। भने अन्य सबै संक्रमित दैलेख नौमुले गाउँपालिकाका हुन्।

कर्णालीमा हालसम्म ९४ जनाले कोरोना जितेर घर फर्किएका छन्। कर्णालीमा हालसम्म सबैभन्दा बढि दैलेखमा ६ सय २७ जना सबैभन्दा कम हुम्ला र डोल्पामा १/१ र मुगुका २ जनालाई कोरोना संक्रमण पृष्टी भएको छ। अन्य जिल्लामा कोरोना संक्रमण देखिए पनि रुकुमपश्चिम भने अँझै सुरक्षित छ। कर्णालीमा पृष्टी भएका कोरोना संक्रमितहरुमा सल्यानका १ सय ३७, सुर्खेतका २ सय ३१, जाजरकोट ८, कालिकोट २८, जुम्लामा २४ र अन्य प्रदेशका १६ जना रहेका छन्। ३ जनाको कोरोनाबाट मृत्यु भएको छ।

प्रतिक्रिया