पीसीआर परीक्षणका १० प्रयोगशाला थपिए : अब देशभरका ३३ अस्पतालमा कोरोना परीक्षण

पीसीआर परीक्षणका १० प्रयोगशाला थपिए : अब देशभरका ३३ अस्पतालमा कोरोना परीक्षण

काठमाडौं असार १२ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थप १० अस्पताललाई कोरोना भाइरस (कोभिड–१९)को पीसीआर नमूना परीक्षणको अनुमति दिएको छ। यसअघि सातै प्रदेशका २३ अस्पतालमा आरटी पीसीआर विधिबाट स्वाब परीक्षण प्रयोगशाला सञ्चालन भइरहेका थिए। 

प्रयोगशाला सञ्चालन सम्बन्धी सूचना सार्वजनिक गर्दै मन्त्रालका डा. गुणराज लोहनीले शुक्रबार थप १० अस्पताललाई आरटी पीसीआर स्वाब परीक्षणको अनुमति दिइएको जानकारी दिएका हुन्  

डा. लोहनीका अनुसार अब मेची अस्पताल, डडेलधुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम  केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला सञ्चालन गर्ने निर्णय शुक्रबार भएको हो।  

प्रतिक्रिया