पढाईमा निरन्तरता दिन ‘पढाई कुना’ निर्माणका लागि सामग्री सहयोग

पढाईमा निरन्तरता दिन ‘पढाई कुना’ निर्माणका लागि सामग्री सहयोग

दैलेख असार १४ गते ।
कोरोना महामारीका कारण विगत तीन महिनादेखि विद्यालय खुल्न नसकिरहेका बेला विद्यार्थीलाई वैकल्पिक उपाय मार्फत पढाउन थालिएको छ । पठन पाठनबारे अन्योल कायम रहँदा दैलेखमा भने कोरोना छल्दै पठन पाठन सुरु भएको हो । भैरबी गाउँपालिकामा–१ मा ‘पढाई कुना’ निर्माण गरी पठन पाठनमा निरन्तरता लिन थालिएको छ । एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धन (आधार) परियोजनाले ‘पढाई कुना’ निर्माणका लागि विभिन्न सामग्रीहरु उपलब्ध गराएको छ ।
आइतवार स्थानीय फुलबारी बाल क्लबका पदाधिकारी र उनिहरुका अभिभावकहरुलाई कोरोना भाइरसबाट बच्ने उपाएबारे जानकारी गराईएको परियोजनाका सामाजिक परिचालक बालकुमारी नेपालीले बताइन् । बाल क्लबका १० जना बालबालिकाहरुको पढाईमा निरन्तरता दिन घरमै आचारसंहिता निर्माण गरि पठनपाठन गर्ने वातावरण सृजना गर्नका लागि पढाई कुना निर्माण गर्ने गरी सामग्रीहरु दिईएको नेपालीले बताइन् ।

प्रतिक्रिया