धरमपोखरा र तल्लोडुङ्गेश्वर प्रहरी चौकीलाई सहयात्राले दियो कम्प्युटर र प्रिन्टर

धरमपोखरा र तल्लोडुङ्गेश्वर प्रहरी चौकीलाई सहयात्राले दियो कम्प्युटर र प्रिन्टर

दैलेख असार २६ गते ।
जिल्लाको दुई वटा प्रहरी चौकीलाई कम्प्युटर र प्रिन्टर सहयोग गरिएको छ । गुराँस गाउँपालिका वडा नम्बर २ को तल्लोडुङ्गेश्वर प्रहरी चौकी र वडा नम्बर ८ का धरमपोखरा प्रहरी चौकीलाई सहयोग गरिएको हो । तल्लोडुङ्गेश्वर प्रहरी चौकीलाई एउटा कम्प्युटर र एउटा प्रिन्टर प्रदान गरिएको छ ।
यस्तै धरमपोखरा प्रहरी चौकीलाई पनि एउटा कम्प्युटर र एउटा प्रिन्टर प्रदान गरिएको छ । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालित सहयात्रा–दोस्रो परियोजनाले कम्प्युटर र प्रिन्टर उपलब्ध गराएको हो ।
शुक्रवार दुई वटै प्रहरी चौकीहरुलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज बिसीले बताए । जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वयमा कम्प्युटर र प्रिन्टर उपलब्ध गराईएको निर्देशक बिसीले बताए ।

प्रतिक्रिया