‘मान्छेमाथि कोरोनाको खोप परीक्षण अन्तिम चरणमा’

‘मान्छेमाथि कोरोनाको खोप परीक्षण अन्तिम चरणमा’

वासिंटन : अमेरिकी एक बायोटेक फर्म कोभिड १९ को खोपको मानवमाथि परीक्षण यही महिनाको अन्त्यसम्म अन्तिम चरणमा पुग्ने जनाएको छ ।यसबारे अध्ययन गरिरहेको मोडेर्नाले मंगलबार आगामी जुलाइ २७ मा मानवमाथि परीक्षणको अन्तिम चरणमा पुग्ने जनाएको हो । अघिल्ला नतिजा प्रभावकारी रुपमा आएपछि उसले यस्तो दावी गरेको हो । तीन चरणको परीक्षणमा जम्मा ३० हजार सभागी छन् ।

उक्त खोप सुक्षत छ कि छैन जस्ता कुरामा थप अध्ययन भइरहेको बताइएको छ । परीक्षणमा सहभागीहरुलाई फेरि संक्रमण देखिनसक्ने भएपछि यस्ता परीक्षण असफल हुनसक्ने भन्दै सावधानी अपनाइएको छ ।साथै यो अध्ययन २०२० को अक्टोबर २७ सम्म सञ्चालन भइरहनेछ । मोडेर्नाको परीक्षण नतिजा न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा मंगलबार प्रकाशित भएपछि उक्त घोषणा गरिएको हो । मोडेर्नाको खोप विकासको काम मध्यम चरणमा पुगेको पनि बताइएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको खोप विकासका लागि विश्वभरका वैज्ञानिकहरु ८ महिनादेखि संघर्षरत छन् । हालसम्म कोरोनाभाइरसबाट विश्वभर ५ लाख ७० हजार भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । साथै १ करोड भन्दा बढी संक्रमित भएका छन् ।

प्रतिक्रिया