जबरजस्ती करणी उद्योगका आरोपित पक्राउ

जबरजस्ती करणी उद्योगका आरोपित पक्राउ

दैलेख साउन १६ गते ।
१५ वर्षीया बालिका माथि जबरजस्ती करणी उद्योगका आरोपित दुल्लू नगरपालिका–१३ मालिकाका २१ वर्षीय रमेश शाहीलाई प्रहरीले पक्राउ गरेको छ । पीडित पक्षको उजूरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो ।
साउन ११ गते राति घरमै सुतिरहेकी ती बालिकालाई बलात्कारको उद्देश्यले जिउमा लगाएको कमिज, कुर्ता च्यातेको भन्दै पीडित पक्षले उजूरीमा उल्लेख गरेको छ । बालिका सुतेकै कोठाको अर्को ओछ्यानमा सुतिरहेका १२ वर्षीय भाईले गुहार मागेपछि आरोपित भागेको बताइएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १२ गते दैलेख जिल्ला अस्पतालमा गरिएको र घटनाको थप अनुसन्धान थालिएको डीएसपी ओलीले बताउनुभयो ।

प्रतिक्रिया