६० सह-सचिवको सरुवा : को कहाँ पुगे ?

६० सह-सचिवको सरुवा : को कहाँ पुगे ?

काठमाडौं भदाै १० गते ।  सरकारले ६० सह–सचिवको सरुवा गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सह–सचिव दिनेशकुमार घिमिरेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ विराटनगर पठाइएको छ । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव कमल प्रसाद भट्टराईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश सुर्खेतमा पठाएको छ ।

त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सहसचिव राधिका अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश, हेटौँडा पठाइएको छ । सँगै राष्ट्रिय पुननिर्माण प्रधिकरणका चुडामणि पौडेललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुदूरपश्चिम प्रदेश, धनगढी पठाइएको छ । 

गृहमन्त्रालयका सह–सचिव महादेव पन्थलाई सामाजिक विकास मन्त्रालय, प्रदेश ५, बुटबल खटाइएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका रघुराम विष्ट सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश, धनगढी खटाइएको छ । 

https://drive.google.com/file/d/17r38wgvKFlnIHAyXuuvI99m5EqBWPy9t/view

प्रतिक्रिया