नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९, मृतकको संख्या १८४ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९, मृतकको संख्या १८४ पुग्यो

काठमाडौं भदौ ११ गते । पछिल्लो २४ घण्टामा ११ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। ३ सय ३४ महिला र ७ सय ७७ पुगेर गरेर २४ घण्टामा ११ सय ११ जनामा संक्रमण पुष्टि भएको हो  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार १२ हजार ६ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ११ सय ११ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ। 

मन्त्रालयका अनुसार २४ घण्टामा ५६९ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार ७३ पुगेको छ। नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ४७  हजार ८८१ पुगेको छ। अहिले क्वारेन्टाइनमा ९ हजार ४८८ जना रहेका छन् ।  नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचार गराइरहेका ९ जनाको मृत्यु भएको हो। 
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने २४ घण्टामा आठ जनाको मात्र मृत्यु भएको जानकारी दिएको छ। 

२४ घण्टामा पर्सामा तीन र बुटवल र ललितपुरमा दुई/दुई, बाँके र पोखरामा एक/एक जनाको मृत्यु भएको हो। वीरगन्जस्थित नारयणी अस्पतालमा बाराको हर्दिया ४ की २३ वर्षीया महिला, पर्साको धोवीनी गाउँपालिकाका ७२ वर्षीय पुरुष र वीरगंज महानगरपालिका-१४ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो। 

सँगै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ की ७० वर्षीया वृद्धा र कपिलवस्तु नगरपालिका १ का ५० वर्षका पुरुषको मृत्यु भएको छ। त्यसैगरी पोखरा महानगरपालिका-११ की ३२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। 

सँगै ललितपुरको किष्ट अस्पतालमा काठमाडौंको तारकेश्वर  नगरपालिका-११ बस्ने अर्घाखाँचीको रेसुंगा नगरपालिकाका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। त्यसैगरी बहीबार बिहान ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ। भाद्र ९ गते अस्पताल भर्ना भएकी ललितपुरकी ति महिलाको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। यस्तै शिक्षण अस्पताल कोहलपुरमा बिहीबार बिहान नेपालगञ्ज उपमहानगरपालिका- ७ की एक महिलाको मृत्यु भएको छ। 

प्रतिक्रिया